११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’ सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’ बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘धनबज्रका अभिलेख यथाशीघ्र छापिनुपर्छ’



अ+ अ-

काठमाडौँ। इतिहास, पुरातत्व र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याउनुभएका धनबज्र बज्राचार्यका कान्तिपुर, भक्तपुर र ललितपुरको अभिलेख यथाशीघ्र छापिनुपर्नेमा जोड दिइएको छ ।

बज्राचार्यको जन्मजयन्तीका अवसरमा आज ज्ञानगुन साहित्य प्रतिष्ठान, धनबज्र बज्राचार्य शोधसम्मान कोष, ज्ञानगुन प्रकाशनलगायत संस्थाले आयोजना गरेको कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा त्रिरत्न मानन्धरले बज्राचार्यले खोजी गर्नुभएका कान्तिपुर, भक्तपुर र ललितपुरका शिलालेख छापिएपनि अभिलेख छापिन बाँकी रहेका जानकारी दिनुभयो । यी कृति यथाशीघ्र छापेर पाठकसामु ल्याउनुपर्ने उहाँको भनाइ छ ।

संस्कृतिविद् डा पुरुषोत्तमलाल श्रेष्ठले बज्राचार्यकै प्रेरणाले आफूले भक्तपुरको वैज्ञानिक पक्षका बारेमा अध्ययन, अनुसन्धान गरेको जानकारी दिनुभयो । आफूले भक्तपुरको इतिहास, पुरातत्व र संस्कृतिका विविध पक्षका बारेमा खोजी गरेको उहाँले सुनाउनुभयो । बज्राचार्यले लिच्छविकाल, मध्यकाल र आधुनिक कालको प्रामाणिक इतिहास लेखेको समेत संस्कृतिविद् श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्वन्यायाधीश शेषराज शिवाकोटी, जडिबुटी विज्ञ तीर्थबहादुर श्रेष्ठ, डा पार्थिवेश्वर तिमल्सिना, मुकेश चालिसेलगायत वक्ताले बज्राचार्यले नेपालको मूर्त, अमूर्त सम्पदाको संरक्षण एवं प्रचारप्रसारमा पुर्‍याउनुभएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा विभिन्न लेखकका १७ वटा पुस्तक विमोचन गरिनुका साथै विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । रासस