१५ असार २०८३, सोमबार
,
Latest
कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राजदूतले नेकपा अध्यक्ष प्रचण्डलाई भेटिन्



अ+ अ-

काठमाडौँ । गएको हप्तादिन भन्दा लामो समयदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चलेको शक्ति संघर्षका कारण पार्टी नै फुटको संघारमा पुगेको चर्चा चलिरहेका बेला चिनियाँ राजदूत हाउ यान्छीको सक्रियता झन् बढ्दै गएको देखिएको छ ।

राजदूत यान्छीले आज बिहान अध्यक्ष प्रचण्डको निवासमै पुगेर भेट गरेको खुमलटार समाचार स्रोतले जनाएको छ । भेटवार्ताका क्रमम के कुराकानी भयो भन्ने विषयमा औपचारिक रुपमा बाहिर आएको त छैन तर पनि उनले हाल नेकपालमा देखिएको शक्ति संघर्षका बारेमा सहजीकरण गर्ने बारेमा कुराकानी भएको स्रोतले बतायो । 

उनले नेकपाका शीर्ष नेताहरुसँगको भेटघाटलाई तीब्रता दिएकी छिन् । होउले मंगलबार बिहान नेकपाका बरिष्ठ झलनाथ खनाललाई उनकै निवास डल्लु पुगेर भेटवार्ता गरेकी थिइन् । उक्त भेटवार्ता करिब ४५ मिनट भएको बताइएको छ । कुराकानीमा आपसी हीतका बारेमा सामान्य छलफल भएको बताइएको थियो । 

नेकपा फुटको संघारमा पुगेको चर्चा चलिरहेको बेला चिनियाँ राजदूतको यो भेटलाई अर्थपूर्ण मानिएको छ । चिनियाँ राजदूत होउले अघिल्लो आइतबार साँझ नेकपाको बिदेश विभाग प्रमुख समेत रहेका माधव कुमार नेपालसँग पनि भेटघाट गरेकी थिइन् ।

यसअघि पनि गएको तीन महिनाअघि नेकपामा यसरी नै विवाद हुँदा राजदूत हाउले वैशाख १९ गते प्रचण्ड र नेपालसँग निवास मै पुगेर छुट्टा–छुट्टै भेटवार्ता गरेकी थिइन् । त्यसपछि नेकपालमा आएको तनावको व्यवस्थापन भएको थियो ।