२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

नदीमा बेपत्ता किशोरको खोजी जारी

नदीमा बेपत्ता किशोरको खोजी जारी
अ अ+ अ-

मार्तडी । बुढीगंगा नगरपालिका–१ अम्कोटमा पर्नें हडडे खोलाबाट बेपत्ता भएका किशोरको खोजी कार्य जारी रहेको रहेको छ । किशोर द्धारीमा रहेको बुढीगंगा नदीमा डुबेर बेपत्ता भएका छन् । गएको सोमबार गाउँमा सञ्चालन भएको विद्युत्को नहर खोलाले भत्काएपछि बनाउन बुढीगंगा नदीमा पौडी खेलेर तर्ने बेलामा बेपत्ता भएका १९ वर्षीय प्रताप थापाको खोजी  भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

नेपाली सेनाको हेलिकप्टरमा गोताखोरको टोली बाजुरा आएर घटनास्थलमा खोजी गर्न थालेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिएका छन् । बुधबार प्रदेशको सशस्त्र टोली खोजी कार्यको लागि आवश्यक स्रोत साधनसहित घटनास्थलमा पुगेर खोजी कार्य गरेको प्रहरी प्रमुख भट्टराइले बताए ।

हेलिकप्टरमार्फत आएको गोताखोरको टोली बुधबार नै घटनास्थलमा पुगेर खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताएका छन् । बेपत्ता भएका किशोरको सोही क्षेत्र र अछामको आसपासका क्षेत्रमा खोजी गरिने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।