९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

देउवाप्रति धनराजको कटाक्षः रिस गरेर हुन्छ, पाँच पटक प्रधानमन्त्री बनिसक्नुभयो, अझै बन्न सक्नुहुन्छ

देउवाप्रति धनराजको कटाक्षः रिस गरेर हुन्छ, पाँच पटक प्रधानमन्त्री बनिसक्नुभयो, अझै बन्न सक्नुहुन्छ
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा त्याग गरेको कुराको मूल्य खोज्न नहुने बताउनुभएको छ ।

शनिवार नेपाली काँग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिमा के पाएँ, के गुमाएँ भनेर औंला गनेर हिसाव गरेर बस्न नमिल्ने उल्लेख गर्नुभयो । उहाँले राजनीतिमा आफ्नो गन्तव्य, आफ्नो लक्ष्य हुने भन्दै लक्ष्य र गन्तव्य देश र जनताको लक्ष्य हुनुपर्ने बताउनु भयो । पार्टीका सभापति शेरबहादुर देउवा राजनीतिक यात्राका क्रममा अटल खटेको परिणामतः पाँच पटक प्रधानमन्त्री बनिसक्नुभएको र अझै प्रधानमन्त्री बन्नसक्ने बताउनु भयो । दुःख, अटल यात्राले सम्भावनाका ढोका खुल्दै जाने बताउनु भयो ।

उपसभापति गुरुङले भन्नुभयो, ‘राजनीतिमा के पाएँ, के गुमाएँ भनेर औंला गनेर हिसाव गरेर बस्ने होइन । राजनीतिमा आफ्नो गन्तव्य, आफ्नो लक्ष्य प्राप्तिका लागि काम गर्ने हो । आफ्नो लक्ष्य भनेको देश र जनताको लक्ष्य हो । लक्ष्य प्राप्तिको लागि अविरल अटल ढंगबाट अघि बढ्नुपर्छ । त्यो नै मैले गुरुबाट पाएको शिक्षा हो । हामी यो राजनीतिक यात्रामा को कहाँ रह्यौँ । को कहाँ पुग्याँै, को कहाँ पुग्न सकेनौँ त्यो तपशिलको विषय हो । राजनीतिमा मैले त्याग गरेँ, मैले के पाएँ भन्ने भाष्य खडा भएको छ, गलत हो । मैले त्याग गरेँ भनेपछि फेरि के पाएँ भन्ने हो ? त्याग भनेको त्याग नै हो । त्यागको मूल्य हुँदैन । राजनीति यात्रा हो कहाँ पुगिन्छ थाहा हुँदैन, अविरल यात्रा गर्ने हो । हाम्रो सभापतिज्यु, पूर्वप्रधानमन्त्रीज्यु, यो राजनीतिक यात्राको क्रममा अविरल ढंगबाट यात्र गर्दा उहाँले खप्नुभएको उत्तारचढाव व्याख्या गर्नुपर्दैन । त्यो उत्तारचढावलाई छिचोलेर अघि बढ्नुभएको छ । रिस गरेर हुन्छ, पाँच पटक प्रधानमन्त्री बन्नुभयो । भनेर हुन्छ, अझै बन्नसक्नुहुन्छ नि उहाँ । ६ पटक, सात पटक नि बन्न सक्नुहुन्छ । त्यो यात्रा हो नि त । त्यो दुःख, अटल यात्राले ढोका खुल्दै जाने हो ।’

उपसभापति गुरुङले राजनीति अविरल यात्रा भएकाले राजनीतिमा आँधिबेरी चल्दा पनि त्यसलाई छिचौल्दै अघि बढ्न सक्नुपर्ने बताउनु भयो ।