५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरु नगण्य छन्ः सभापति देउवा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरु नगण्य रहेको बताउनुभएको छ ।

शनिवार नेपाली काँग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्व. रेग्मी त्यागी र कुनै किसिमको लोभ लालच नभएको व्यक्ति रहेको बताउनु भयो । पार्टीमा यस्ता व्यक्तिहरु धेरै कम रहेको उहाँको भनाइ छ । स्व. रेग्मीले हृदयबाटै समर्पित भएर काँग्रेस बढाउन र बनाउन लाग्नुभएको बताउनु भयो ।

सभापति देउवाले भन्नुभयो, ‘उहाँ अत्यन्तै त्यागी, कुनै किसिमको लोभ लालच नभएको व्यक्ति हो उहाँ । धेरै कम नेपाली काँग्रेसीहरु यस्ता छन् । सच्चा मानेमा नेपाली काँग्रेसको हृदयबाटै समर्पित भएर काँग्रेस बढाउन र बनाउन लागेका छन् । उहाँलाई पछि भेट्न पाइन मलाई दुःख लागिरहेको छ । उहाँ अत्यन्तै समर्पित साथी हो । त्यस्ता साथीहरु हाम्रो पार्टीमा नगण्य छन् भनेपनि हुन्छ ।’

सभापति देउवाले स्व. रेग्मीको बारेमा लेखहरु लेखेर आम जनमानसमा उहाँको छविबारे उजागर गर्न जरुरी रहेको बताउनु भयो ।




भर्खरै