९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

भिजिट भिसाका नाममा मानव तस्करी : पूर्वडीएसपी भन्छन्– अनुसन्धान गर्दा गृहमन्त्रीले नै सरुवा गरे

भिजिट भिसाका नाममा मानव तस्करी : पूर्वडीएसपी भन्छन्– अनुसन्धान गर्दा गृहमन्त्रीले नै सरुवा गरे
अ अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्द पन्थीले भिजिट भिसाको अनुसन्धान गर्दा आफू सरुवामा परेको बताएका छन् । पूर्वडीएसपी पन्थीले तत्कालीन गृहमन्त्री र प्रहरी महानिरीक्षक (आईजीपी) ले आफ्नो सरुवा गरेको आरोप लगाएका हुन् ।

विमानस्थलबाट मानव बेचविखन अनुसन्धान ब्युरोको टोलीलाई हटाएपछि त्यहाँ रहेका कागजात अनुसन्धानका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा बुझाइएको थियो ।

२०८० असोज १९ गते १ हजार ६४१ थान राहदानीसहित उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइएको थियो। त्यतिबेला यो मुद्दाको अनुसन्धान गरेका डीएसपी पन्थीले अहिले पुन: भिजिट भिसामा सेटिङ हुने गरेको र विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई अख्तियारले पक्राउ गरेपछि पन्थीले यो मुद्दाको अनुसन्धान गरेका कारण त्यतिबेला आफूलाई परेको अप्ठेरो सार्वजनिक गरेका छन् ।

अपराध अनुसन्धान कार्यालयको ८ नम्बर पिलरले यो मुद्दाको अनुसन्धान गरेको थियो । वैदेशिक रोजगार ठगीको मुद्दा हेर्ने यो पिलरको प्रमुख थिए पन्थी ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्–

भिजिट भीषा अनुसंधान गर्दा धम्की र सरुवासम्म !

जब मानव बेचबिखन अनुसंधान ब्युरोको टोलि एयर्पोर्ट बाट हट्यो त्रिभुवन बिमानस्थल सुरक्षा कार्यालयले आफ्ना गतिबिधी अगाडि बढायो र शंकास्पद कागजात मिति २०८० आश्विन १९ गते १६४१ राहदानी सहित उपत्यका अपराध अनुसंधान कार्यालयमा पठाइयो । त्यस बखत म ८ न पिलरमा DSP को रुपमा नेतृत्व गर्दै थिए । उक्त पिलरले वैदेशिक रोजगार ठगी मुद्दा को अनुसंधान तथा कारबाही गर्दथ्यो।तसर्थ एयर्पोर्ट बाट आएका कागजात ३ न पिलर मा आए।उक्त पिलरले ठगी हेर्ने हुदा स्वभाबिक भयो।एक महिनाको अनुसंधानमा राहदानी आउने अनि जस्को हो उसैलाई फिर्ता दिने कार्य भयो।त्यस बाट अपेक्षित परिणाम नआए पछि तत्कालिन SPरबिन्द्र रेग्मी सर ले SSPसोमेन्द्र सिंह राठौर सर सङ्ग सल्लाह गरेर उक्त भिजिट भिषा प्रकरण ८ न पिलर बाट मलाई हेर्न निर्देशन भए पश्चात् मेरो जिम्मेवारी तोकियो । तत्पश्चात मेरो नेतृत्वको टोलिले गहिरिएर अनुसंधान गर्दा सबै नक्कली कागजात तयार गर्ने , काम ल्याउने दलाल, कन्सल्टेन्सी , ट्राभल ब्याबसायी , म्यानपावर ,होटल र एयरलाइन्स , अध्यागम , श्रम बिभाग र प्रहरिका केही अधिकारीको मिलोमतो मा ठूलो तस्करी संचालित भएको देखिए पछि मैले अनुसंधान प्रतिवेदन पेश गरेको मा तत्कालिन कार्यालय प्रमुख SSP सोमेन्द्र सिंह राठौर ले कसैलाई नछाडी जरैमा पुग्न जुन साहसिक निर्देशन दिनुभएको थियो तत्पश्चात २० जना दलाल, २० वटा ट्राभल ,८ कस्न्सल्टेन्सी , नेता र कर्मचारी गरि ३७ जना नियन्त्रणमा लिएर मानव तस्करी , किर्ते र सङठित अपराध मुद्दा चलाइएको थियो।उक्त मुद्दा लाई सङठित मा लैजान हामिले सरकारी वकिल सङ्ग नोक झोक नै गर्नु परेको थियो र मैले अनुसंधान गर्दा मलाई अख्तियारमा १६ पाने भोर्याउने धम्की पनि नदिइएको हैन । कुनै कुरालाई प्रभाह नगरी पत्रकार सम्मेलन बाट आफ्नो तालुक कार्यालय गृह मन्त्रालयका अधिकारिको सङ्लग्नता मानव तस्करी भएको र दैनिक डेढ करोड देखि २ करोड कर्मचारीले लिने गरेको निर्भीकताका साथ तथ्यमा आधारित भएर बोलेको थिए । जुन कुरा ब्याबसायिक र निडर हिम्मतिलो कार्यालय प्रमुख सोमेन्द्र सर को कारणबाट सम्भब भएको थियो।पछि अनुसंधान भएर कतिपय पुर्पक्षका लागि थुनामा समेत गए र कतिपय धरौटीमा छुटे।उक्त file अनुसंधानको लागि अख्तियार दुरुपयोग अनुसंधान आयोगमा समेत पठाइएको थियो। दुई बर्ष न भयो बल्ल।आशा गरौ अनुसंधान हुँदै होला । धेरै दलाल र ठुला तस्करीमा सङ्लग्न दुबइ र भारत गएर बस्नु पर्यो।त्यस्तो स्थिती सिर्जना गरिदिए पछि मेरो सरुवा गराउन ठूलो थैली को जोहो गरेर बुझाएको हल्ला चल्यो । नभन्दै मेरो सरुवा भयो । सरुवा कसरी भयो र किन कार्यालय प्रमुख्ले भन्दा पनि रोकिएन भनी गोप्य तरिकाले बुझ्दा २,३ दिन अगाडि हटेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले टिपाएको र तत्कालीन IGP वसन्त कुवर को जोडबल मै भएको बुझिएपछि SSP सोमेन्द्र सरले रोक्न हालका IGP तत्कालीन मेट्रो प्रमुख दिपक थापा सरलाई भन्दा समेत माथिको आदेश भनियो जस्का कारण सरुवा रोकिएन । पछि तत्काल गृहमन्त्री फेर बदल पश्चात् मैले गृहमन्त्री रबि लामेछाने लाई एउटा पत्र लेखे जस्को कारण मेरो सरुवा कानुन त रोकिएन किनकी बदर गर्दा रकम फिर्ता गर्नु पथ्र्यो । तसर्थ मौखिक रुपमा रवाना नगरी त्यही काम गर्न भनियो । मैले लेखेकोनपत्र पछि सार्बजनिक गर्नेछु।

तसर्थ साच्चिकै अनुसंधान गरेर तस्करी नियन्त्रण गर्ने र शुशाशन ल्याउने हो भने यो विषयमा अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नु पर्दछ।त्यसो गरियो भने एकाद बाहेक कुनै गृहमन्त्री , श्रममन्त्री र प्रधानमन्त्रीको सचिवालय टिम समेत कानुनी कठघरामा उभिने छ।अहिले सहसचिब तिर्थ भट्रराइ लगायत अख्तियारको अनुसंधान को दायरामा रहेकोले हिम्मत गर्नु पर्दछ।अख्तियार प्रमुख ज्यु ले इतिहासमा नाम लेखाएर जनताको मनमा बस्ने अबसर आएको छ।यो विषय सुक्ष्म र निस्पक्ष अनुसंधान हुने हो भने ठूलो उथल पुथल हुने निश्चित छ।अबसर लाई सदुपयोग होस । शुभकामना ।।।