४ भाद्र २०८३, बिहीबार
,
Latest
तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ नाडाको ५० वर्षे यात्रा: ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९… दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रघु गंगा गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु



अ+ अ-

म्याग्दी, (बेनी) । म्याग्दीको रघुगंगा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सुरु भएको छ । गाउँपालिकाको केन्द्र मौवा फाँटमा नि:शुल्क रूपमा समुदायबाट जग्गा व्यवस्थापन भएपछि पालिकाको प्रशासकीय भवन निर्माण सुरु गरिएको हो । शुक्रवार धार्मिक विधि पूर्वक पूजा आजासहित गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले प्रशासकीय भवनको शिलान्यास गर्नुभएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ माविनियोजन गरेको रु दुई करोड बजेटबाट प्रशासकीय भवन निर्माण सुरु गरेको हो । मातृभुमी डेभलपर एन्ड इन्जिनियरिङ प्रालिले रु एक करोड ३१ लाख ९८ हजारमा ठेक्का सम्झौता गरेर कार्य क्षेत्रमा परिचालन भएको छ ।

दुई वर्षमा भवन निर्माणकार्य सम्पन्न गर्ने लक्ष्यसहित भवनको शिलान्यास गरी निर्माणकार्य अघि बढाइएको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । उहाँकाअनुसार, रु नौ करोड ४० लाख ४४ हजार ९५० लागत अनुमान गरिएको भवन निर्माणको लागि थप बजेटका लागि गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारमा प्रस्ताब पेश गरिएको छ ।

गाउँपालिकाले ६ वर्ष अघिदेखि प्रशासकीय भवन निर्माणको लागि जग्गा व्यवस्थापनको काम सुरु गरेको थियो । “करोडौँ मूल्य पर्ने जग्गालाई समुदायबाट नि:शुल्क उपलब्ध भएको छ, गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु हुनुमा जग्गाधनीको ठूलो योगदान छ, हामीले पालिकाको सेवालाई सरल र सहज बनाउन पालिकालाई पूर्वाधारयुक्त बनाउनका लागि भवन बनाउने गौरबको योजना अघि बढाएका हौँ,” गाउँपालिकाअध्यक्ष भण्डारीले भन्नुभयो ।

यसवर्ष भवनको जगबसालेर स्टक्चर र पहिलो तला ढलानको काम सम्पन्न हुने गाउँपालिकाका सिनियर सब इञ्जिनियर कमलबहादुर चोखालले बताउनुभयो । तीन तलामा ३३ वटा कोठा र सभाहलसहितको सुविधा सम्पन्न भवन निर्माका लागि जग्गा सम्माएर जगबसाउने काम सुरु भएको उहाँले जानकारी दिनुभयो । निर्माण व्यवसायिले भवन निर्माणका लागि आवश्यक पर्ने निर्माण सामाजिक र उपकरणको बन्दोबस्तसँगै जनशक्ति कार्यक्षेत्रमा परिचालन गरेको जनाएको छ ।

रघुगंगा गाउँपालिकालाई समुदायबाट २७ जनाले १४ रोपनी जग्गा नि:शुल्क उपलब्ध गराएका छन् । करोडाँै मुल्य पर्ने जग्गा गाउँपालिकाको भवनको लागि नि:शुल्क उपलब्ध भएपछि दुई वर्षअघि गाउँपालिकाले निर्माण गरेको बहुउदेश्यीय भवनबाट सेवाप्रवाह गर्दै आएको छ । बहुउदेश्यीय भवनलाई कर्मचारी आवास गृहको रूपमा उपयोग गर्ने र सुविधा सम्पन्न भवन निर्माण गरेर नागरिकलाई सरल र सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले प्रशासकीय भवन निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।

गाउँपालिकाको भवन निर्माण प्रयोजनका लागि २७ जना जग्गा धनीको २५ रोपनी जग्गा एकीकरण गरी प्लटिङ गरीएको थियो । जग्गा व्यवस्थापनकार्य विधिअनुसार, करिब १४ रोपनी जग्गा गाउँपालिकाको नाममा पास गरिएको छ भने जग्गा धनीलाई छ रोपनी जग्गा घडेरीको रूपमा फिर्ता गरिएको छ । बाँकी जग्गालाई उपयोग गरी पालिकाको वरिपरी आठ मिटर फराकिलो सडकको चक्रपथ बनाइएको छ । रासस