९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला

डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला
अ अ+ अ-

पाल्पा। यहाँको तिनाउ खोलामा डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला परेका छन् । बिहीबार दिउँसो जिल्लाको तिनाउ गाउँपालिका–३ तिनाउखोला ड्यामसाइडमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भारतको महाराजगञ्ज नौतनहवाका १८ वर्षीय सोयव अन्सारी आज मृतावस्थामा फेला परेका हुन् ।

नेपाल प्रहरी, नेपाली सेनाको तालिम प्राप्त टोलीले ड्यामसाइडबाट शव निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पवनकुमार भट्टराई बताउनुभयो । “अन्सारी चार जना साथीहरूसँग घुम्न आएका थिए । साथीहरू भने सकुशल छन्”, उहाँले भन्नुभयो ।

गत वैशाख र यही जेठमा तिनाउखोलामा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय सरकार र प्रहरीचौकी दोभानको समन्वयमा दुर्घटना सम्भावितस्थलका लागि निषेध गरे पनि आफूखुसी पौडी खोल्ने क्रम बढेकाले दुर्घटना भएको उहाँको भनाइ छ । हरेक वर्ष गर्मी मौसममा पौडी खेल्न जाने र खोलाको तस्वीर लिनेहरू लडेर ज्यान गुमाउने गरेका प्रउ भट्टराईले बताउनुभयो ।

यस क्षेत्र पर्यटकका लागि आकर्षणस्थल भए पनि त्यसको उचित सुरक्षा प्रबन्ध नहुँदा धेरैले ज्यान गुमाउनुपरेको हो । उक्त खोलामा आन्तरिक तथा बाह्य पर्यटक बढी जाने गरेका भन्दै सुरक्षाको उचित प्रबन्ध नहुँदा दुर्घटना हुने गरेको स्थानीय बताउँछन् ।

खोला किनार तथा सम्भावित जोखिम भएका क्षेत्रमा जाँदा सुरक्षाका उपाय अपनाउन जिल्ला प्रहरी कार्यालयले स्थानीय, आगन्तुक तथा सरोकार भएका सबैलाई आग्रह गरेको छ ।

पछिल्ला केही दिनयता भारत, रुपन्देहीलगायत तराईका जिल्लाबाट गर्मी छल्न तिनाउखोलामा पौडी खेल्न पुग्नेको सङ्ख्या बढ्दै गएकाले उच्च सर्तकता अपनाउन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको हो ।