२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

भारतीय हिन्दी समाचार च्यानलहरू बन्द

भारतीय हिन्दी समाचार च्यानलहरू बन्द
अ अ+ अ-

काठमाडाैंः भारतीय न्युज च्यानलहरुले नेपालका पछिल्ला राजनीतिक घटनाक्रम बारेमा निरन्तर अफवाह फैल्याएकाे जनाउँदै विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले त्यस्ता भारतीय समाचार च्यानलहरूकाे प्रसारण नेपालमा बन्द गरेका छन् ।

खासगरी भारतीय हिन्दी न्यूज च्यानलले नेपाल विराेधी समाचार प्रसारण गरिरहेका र त्यसप्रति नेपाली जनतामा आक्रोश बढ्दाे छ ।

च्यानल वितरकहरुले बिहीबार साँझदेखि सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीले जनाएकाे छ ।

भारतीय टिभी च्यानलहरुले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र नेपालस्थित चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको हाे ।

एक भारतीय न्यूज च्यानलले चिनियाँ राजदूतलाइ 'विषकन्या' समेत भनेकाे छ ।

डिसहोम,मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले सामुहिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् ।

डिसहाेमका ग्राहकका टिभीमा भारतीय हिन्दी समाचार च्यानलहरू बन्द भइसकेका छन् ।