११ श्रावण २०८३, सोमबार
,
Latest
परराष्ट्र मन्त्रालयको गतिविधिले कुटनीतिक इतिहास लेख्न गाह्रो भयोः इतिहासविद् पोखरेल माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता देवानगञ्ज घटनाको मानव अधिकार आयोगले अनुसन्धान गर्ने नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ व्यावसायिक योजना बिना बनेका विमानस्थलमा करोडौँ लगानी, चार विमानस्थल वर्षौँदेखि बन्द काठमाडौंमा ‘बंगलादेश म्याङ्गो डेलिकेसी’ : आँपको स्वादसँगै व्यापार र कूटनीतिक सम्बन्ध प्रवर्द्धन झुण्डिएका तार व्यवस्थापनबारे सञ्चार र ऊर्जा मन्त्री संयुक्त अनुगमनमा जाने नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन तीन ठाँउमा उपकरण आँपको उत्पादन बढ्यो, घटेन मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीमा तीन लाख बढीको क्षति



अ+ अ-

किसङ्खुवासभा। यहाँको भोटखोला गाउँपालिका–४ सेम्बुङमा आज आगलागी हुँदा रु तीन लाख बढीको क्षति भएको छ ।

भोटखोला–४ सेम्बुङमा आगलागी हुँदा स्थानीय नुर्वु भोटेको दुईतले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो । चुल्होबाट आगो सल्किँदा ढुङ्गा माटोले बनेको भोटेको दुईतले घर जलेर क्षति भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीको  सहयोगमा चार घण्टापछि आगो निभाइएको छ । आगलागीपछि भोटेको परिवार छिमेकीको घरमा बसेका छन् ।