२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्थानीय सरकारले विकासलाई जनतासँग जोड्नुपर्छ’



अ+ अ-

भक्तपुर। स्थानीय सरकारले जनभावना सम्बोधन हुनेगरी विकासको ढाँचा परिवर्तन गर्दै अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय सञ्चार केन्द्रले आज मध्यपुर थिमीमा आयोजना गरेको ‘गाउँगाउँमा सिंहदरबार, कति कानुनी कति व्यावहारिक’ विषय अन्तरक्रियाका वक्ताहरूले सेवा प्रवाहमा सहजीकरणसँगै जनविश्वास कायम गर्नेगरी स्थानीय सरकार अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

अर्थ मन्त्रालयका सहसचिव चिरञ्जीवी तिम्सिनाले जनतालाई केन्द्रमा राखेर स्थानीय सरकारले योजनाको प्राथमिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो । “संविधानले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाएको छ, जनताले अधिकांश सेवा घरदैलोबाट प्राप्त गर्ने अवस्था सुनिश्चित भएको छ”, उहाँले भन्नुभयो, “आर्थिकोपार्जनका साथै सीपमूलक तालिम, कृषिको आधुनिकीकरण, पर्यटनको विकासका योजना बनाउनुपर्छ ।”

मध्यपुर थिमि नगरपालिकका कार्यवाहक नगर प्रमुख एवं वडा नं ३ का वडाध्यक्ष कृष्णहरि आचार्यले स्थानीय जनप्रतिनिधिले जनताको सेवामा समर्पित गर्दै नमुना काम गरेपनि त्यसको मूल्याङ्कन नभएको बताउनुभयो । वडालाई आर्थिक अधिकार नदिइँदा ससाना योजना र सहायताका लागि नगरपालिका र माथिल्ला निकायको भरपर्नुपरेको उहाँको गुनासो थियो ।

विश्लेषक एवं पत्रकार सुदर्शन आचार्यले जनतामा आशा जगाउन सुशासन, आर्थिक समृद्धि र राजनीतिमा पुस्तान्तरण आवश्यक भएको बताउनुभयो । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकार, पत्रकार दिवस गुरागाईं, आयोजक संस्थाका अध्यक्ष पेशल आचार्यलगायतले आमनागरिकले गाउँगाउँमा सिंहदरबार आएको अनुभूति गर्ने गरी स्थानीय सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो ।