२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

‘स्थानीय सरकारले विकासलाई जनतासँग जोड्नुपर्छ’

‘स्थानीय सरकारले विकासलाई जनतासँग जोड्नुपर्छ’
अ अ+ अ-

भक्तपुर। स्थानीय सरकारले जनभावना सम्बोधन हुनेगरी विकासको ढाँचा परिवर्तन गर्दै अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय सञ्चार केन्द्रले आज मध्यपुर थिमीमा आयोजना गरेको ‘गाउँगाउँमा सिंहदरबार, कति कानुनी कति व्यावहारिक’ विषय अन्तरक्रियाका वक्ताहरूले सेवा प्रवाहमा सहजीकरणसँगै जनविश्वास कायम गर्नेगरी स्थानीय सरकार अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

अर्थ मन्त्रालयका सहसचिव चिरञ्जीवी तिम्सिनाले जनतालाई केन्द्रमा राखेर स्थानीय सरकारले योजनाको प्राथमिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो । “संविधानले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाएको छ, जनताले अधिकांश सेवा घरदैलोबाट प्राप्त गर्ने अवस्था सुनिश्चित भएको छ”, उहाँले भन्नुभयो, “आर्थिकोपार्जनका साथै सीपमूलक तालिम, कृषिको आधुनिकीकरण, पर्यटनको विकासका योजना बनाउनुपर्छ ।”

मध्यपुर थिमि नगरपालिकका कार्यवाहक नगर प्रमुख एवं वडा नं ३ का वडाध्यक्ष कृष्णहरि आचार्यले स्थानीय जनप्रतिनिधिले जनताको सेवामा समर्पित गर्दै नमुना काम गरेपनि त्यसको मूल्याङ्कन नभएको बताउनुभयो । वडालाई आर्थिक अधिकार नदिइँदा ससाना योजना र सहायताका लागि नगरपालिका र माथिल्ला निकायको भरपर्नुपरेको उहाँको गुनासो थियो ।

विश्लेषक एवं पत्रकार सुदर्शन आचार्यले जनतामा आशा जगाउन सुशासन, आर्थिक समृद्धि र राजनीतिमा पुस्तान्तरण आवश्यक भएको बताउनुभयो । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकार, पत्रकार दिवस गुरागाईं, आयोजक संस्थाका अध्यक्ष पेशल आचार्यलगायतले आमनागरिकले गाउँगाउँमा सिंहदरबार आएको अनुभूति गर्ने गरी स्थानीय सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो ।