२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय चुलो वितरण

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय चुलो वितरण
अ अ+ अ-

कञ्चनपुर। मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुनदेवी उपभोक्ता समितिअन्तर्गतका उपभोक्तालाई आज निःशुल्क रूपमा विद्युतीय चुलो वितरण गरिएको छ ।

समितिको शुक्लाफाँटा नगरपालिका ६ कसरौलस्थित कार्यालयमा आयोजित कार्यक्रममा ८५ जना उपभोक्तालाई विद्युतीय चुलो वितरण गरिएको हो । उपभोक्तालाई विद्युतीय चुलोसँगै कुकर, तवा, कराइलगायत भाँडा निःशुल्क रूपमा वितरण गरिएको छ ।

विद्युतीय चुलो खरिदका लागि नगरपालिकाले प्रतिसेट रू चार हजार, कनेक्ट परियोजनाले रू चार हजार, हिमाली प्रकृति र साडा नेपालले रू दुई/दुई हजारका दरले लागत साझेदारी गरेका छन् ।

चुलो वितरण कार्यक्रममा नगर प्रमुख रणबहादुर महराले घरेलु इन्धनका रूपमा अझै पनि विपन्नताको अवस्थामा रहेका परिवारले दाउराको प्रयोग गर्दै आएकोमा निःशुल्क रूपमा चुलो पाइएपछि वन माथिको निर्भरता कम हुने बताउनुभयो ।

नगर उपप्रमुख कल्पना पन्तले चुलो वितरणको कार्यले महिलाहरूले पिठ्यँुमा दाउराको भारी बोकेर दिनहुँ वन क्षेत्र पुग्नुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । चुलो वातावरणमैत्री भएकाले वातावरण संरक्षणमा यस कार्यले टेवा पुर्‍याउने बताउनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लवदेव विष्टले जलवायु परिवर्तनको प्रत्यक्ष मारमा मध्यवर्ती क्षेत्रका बासिन्दालाई परेको बताउनुभयो । निकुञ्ज क्षेत्रबाट आहारको खोजीमा निष्कने जङ्गली जनावर बस्तीमा छिर्दा द्वन्द्वको अवस्था सिर्जना हुँदै आएको बताउनुभयो ।

“मध्यवर्ती क्षेत्रका बासिन्दाले घाँसपात दाउरालगायत ल्याउनका लागि वन क्षेत्रमा जाँदा बन्यजन्तुसँग द्वन्द्वको अवस्था सिर्जना हुनसक्छ”, उहाँले भन्नुभयो, “दाउरा बिनानै विद्युतीय चुलोमा खाना बनाउन पाइने भएपछि मध्यवर्ती क्षेत्रका बासिन्दाले वनभित्र छिर्दैन, वन्यजन्तुसँगको द्वन्द्व हुने सम्भावना हुँदैन ।”

दाउरा बिनानै विद्युतीय चुलाको प्रयोग गरी खाना पकाउन सकिने भएकाले वनमा आश्रित रहनु नपर्ने उहाँको भनाइ थियो । यसैगरी, वेदकोट नगरपालिका र कनेक्ट परियोजनाको लागत साझेदारीमा मध्यवर्ती क्षेत्रका २०० उपभोक्तालाई यसअघि विद्युतीय चुलो र त्यसमा लाग्ने भाँडाकुँडाको सेट उपलब्ध गराइएको रिनेवल वल्र्डका क्षेत्रीय प्राविधिक अधिकृत सरोज बुढाले बताउनुभयो ।

उहाँका अनुसार बेलडाँडी गाउँपालिका र कनेक्ट परियोजनाको साझेदारीमा १८० उपभोक्तालाई विद्युतीय चुलो निःशुल्क रूपमा उपलब्ध गराउने योजना रहेको छ । रासस