१५ असार २०८३, सोमबार
,
Latest
वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा पहिरोबाट चारको मृत्यु, सात घाइते



अ+ अ-

पोखरा  । पोखरामा पहिरो जादाँ चार जनाको मृत्यु भएको छ भने सात जना नै घाइते भएका छन् । पोखरा १८ सराङकोटको गोठादीमा घर माथिको सडक भत्किदा आएको पहिरोले घर बगाउँदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् । 

स्थानीय टंकबहादुर थापाको घर बगाउँदा दश जना मध्ये तीन जनाको मृत्यु भएको र सात जना घाइते छन् । घाइतेहरुलाई स्थानीय र प्रहरीको संक्रियातामा अस्पताल पुर्याएको छ । उनीहरुलाई मणिपाल अस्पताल लगिएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो । 

राती बर्थडे मनाउन अन्य इस्टमित्र समेत आएका कारण घरमा कति जना थिए भन्ने थाहा हुन नसकेको हमालले बताउनुभयो । अन्य हराइ रहेको आशंकामा प्रहरीले खोजी कार्य गरिरहेको छ । त्यसै गरी पोखरा २५ हेम्जामा घर पछाडिबाट पहिरो आउँदा ७० बर्षिय हिमकला अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।