काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस देखिने गरी सरकारमा सहभागी रहेको बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमाले र काँग्रेस मिलेर अहिलेको सरकार बनेको भन्दै काँग्रेस सरकारमा छ की छैन भन्ने प्रश्न काँग्रेसका मञ्चबाट गरिनु उपयुक्त नहुने बताउनु भयो ।
उहाँले काँग्रेस सरकारमा देखिने, बुझिने गरी सरकारमा उपस्थित रहेको बताउनु भयो । अहिलेको परिस्थितिको एक किसिमको आवश्यकता, परिस्थिति, अहिलेको संसदको संरचना विविध कारणले हामी अहिलेको सरकारमा सहभागी बनेको बताउनु भयो । एउटा मिसन बनाएर मुलुकको संविधान संशोधनको संवैधानिक प्रावधानअनुसार त्यसलाई केन्द्रबिन्दुमा राखेर अर्थतन्त्रको सुधार, आर्थिक प्रगितको कुरा समेतलाई जोडेर आम मतदाता, जनतामा सेवा प्रवाहलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन लगायतका विषयलाई जोडेर हामी सरकारमा सहभागी रहेको बताउनु भयो । सरकारसँग रहेको गुनासाहरु सम्बोधन गर्दै जाने बताउनु भयो ।
उपसभापति खड्काले भन्नुभयो, ‘अहिले एमाले र काँग्रेस मिलेर बनेको सरकार छ । एमालेका अध्यक्षज्युको नेतृत्वमा नेपाली काँग्रेसका नेताहरु सरकारमा जानुभएको छ । कहिले कहीँ बेलामा उठ्छ कुराहरु । आज यहाँ पनि उठ्यो । काँग्रेस सरकारमा छ की छैन भन्ने प्रश्न काँग्रेसका मञ्चबाट गरिनु उपयुक्त हुन्न भन्ने मेरो स्पष्ट धारणा छ । हामी काँग्रेस हाँै । देखिने गरी सरकारमा छौँ । बुझिने गरी छौँ । अहिलेको परिस्थितिको एक किसिमको आवश्यकता, परिस्थिति, अहिलेको संसदको संरचना विविध कारणले हामी अहिलेको सरकारमा सहभागी भएका छाँै । हामीले अहिलेको बेलामा एउटा उद्देश्य बनाएर एउटा मिसन बनाएर मुलुकको संविधान संशोधनको संवैधानिक प्रावधानअनुसार त्यो समेतलाई केन्द्रबिन्दुमा राखेर अर्थतन्त्रको सुधार, आर्थिक प्रगितको कुरा समेतलाई जोडेर आम मतदाता, जनतामा सेवा प्रवाहलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन लगायतका विषयलाई जोडेर हामी सरकारमा सहभागी भएका छौँ । सरकारले काम गर्दै जाँदा कमजोरीहरु होलान् । ति कमजोरी सच्याउने,सुधार्ने हो । हामी सरकारमा छाँै, त्यहाँ केही गुनासाहरु छन्, गुनासाहरुको सम्बोधन गर्नुपर्छ ।’
उपसभापति खड्काले अहिलेको परिस्थिति सम्हाल्न नसके कसैले सम्हाल्न नसक्ने बताउनु भयो ।











