९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

काँग्रेस देखिने र बुझिने गरी सरकारमा सहभागी छः उपसभापति खड्का

काँग्रेस देखिने र बुझिने गरी सरकारमा सहभागी छः उपसभापति खड्का
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस देखिने गरी सरकारमा सहभागी रहेको बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमाले र काँग्रेस मिलेर अहिलेको सरकार बनेको भन्दै काँग्रेस सरकारमा छ की छैन भन्ने प्रश्न काँग्रेसका मञ्चबाट गरिनु उपयुक्त नहुने बताउनु भयो ।

उहाँले काँग्रेस सरकारमा देखिने, बुझिने गरी सरकारमा उपस्थित रहेको बताउनु भयो । अहिलेको परिस्थितिको एक किसिमको आवश्यकता, परिस्थिति, अहिलेको संसदको संरचना विविध कारणले हामी अहिलेको सरकारमा सहभागी बनेको बताउनु भयो । एउटा मिसन बनाएर मुलुकको संविधान संशोधनको संवैधानिक प्रावधानअनुसार त्यसलाई केन्द्रबिन्दुमा राखेर अर्थतन्त्रको सुधार, आर्थिक प्रगितको कुरा समेतलाई जोडेर आम मतदाता, जनतामा सेवा प्रवाहलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन लगायतका विषयलाई जोडेर हामी सरकारमा सहभागी रहेको बताउनु भयो । सरकारसँग रहेको गुनासाहरु सम्बोधन गर्दै जाने बताउनु भयो ।

उपसभापति खड्काले भन्नुभयो, ‘अहिले एमाले र काँग्रेस मिलेर बनेको सरकार छ । एमालेका अध्यक्षज्युको नेतृत्वमा नेपाली काँग्रेसका नेताहरु सरकारमा जानुभएको छ । कहिले कहीँ बेलामा उठ्छ कुराहरु । आज यहाँ पनि उठ्यो । काँग्रेस सरकारमा छ की छैन भन्ने प्रश्न काँग्रेसका मञ्चबाट गरिनु उपयुक्त हुन्न भन्ने मेरो स्पष्ट धारणा छ । हामी काँग्रेस हाँै । देखिने गरी सरकारमा छौँ । बुझिने गरी छौँ । अहिलेको परिस्थितिको एक किसिमको आवश्यकता, परिस्थिति, अहिलेको संसदको संरचना विविध कारणले हामी अहिलेको सरकारमा सहभागी भएका छाँै । हामीले अहिलेको बेलामा एउटा उद्देश्य बनाएर एउटा मिसन बनाएर मुलुकको संविधान संशोधनको संवैधानिक प्रावधानअनुसार त्यो समेतलाई केन्द्रबिन्दुमा राखेर अर्थतन्त्रको सुधार, आर्थिक प्रगितको कुरा समेतलाई जोडेर आम मतदाता, जनतामा सेवा प्रवाहलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन लगायतका विषयलाई जोडेर हामी सरकारमा सहभागी भएका छौँ । सरकारले काम गर्दै जाँदा कमजोरीहरु होलान् । ति कमजोरी सच्याउने,सुधार्ने हो । हामी सरकारमा छाँै, त्यहाँ केही गुनासाहरु छन्, गुनासाहरुको सम्बोधन गर्नुपर्छ ।’

उपसभापति खड्काले अहिलेको परिस्थिति सम्हाल्न नसके कसैले सम्हाल्न नसक्ने बताउनु भयो ।