२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

ताराखोलामा सहिद उद्यान निर्माण

ताराखोलामा सहिद उद्यान निर्माण
अ अ+ अ-

गण्डकी। तत्कालीन माओवादी जनयुद्धमा जीवनोत्सर्ग गर्ने सहिद तथा बेपत्ताजनको स्मृतिमा बागलुङको ताराखोला गाउँपालिका–२ अर्गल, गयारमा उद्यान निर्माण गरिएको छ ।

गाउँपालिकाद्वारा निर्मित ‘सहिद तथा बेपत्ता योद्धा स्मृति उद्यान’को नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो । उहाँले उद्यानमा रहेका २६ सहिद र दुई बेपत्ताको सालिक अनावरण गर्नुभएको थियो ।

गयारलाई युद्धताका माओवादी जनमुक्ति सेनाले तालिम केन्द्रका रुपमा प्रयोग गरेका थिए । विसं २०५८ मङ्सिरमा सरकारी सुरक्षा फौजले गयारमै तीन माओवादी समर्थकलाई एकसाथ हत्या गरेको थियो । गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले रु एक करोड बढीको लगानीमा उद्यान निर्माण गरिएको बताउनुभयो । गाउँपालिकाले युद्ध पर्यटनको नमुना योजनाका रुपमा चार वर्षअघि सहिद उद्यानको योजना अगाडि बढाएको थियो । अहिलेलाई ताराखोला गाउँपालिकाभित्रका सहिद र बेपत्ताको मात्र सालिक राखिए पनि पछि जिल्लाभरका सहिदका सालिक राख्ने लक्ष्य रहेको अध्यक्ष विकले बताउनुभयो ।

गाउँपालिकाले सहिद उद्यानसहित त्यहाँका अन्य पर्यटकीय गन्तव्यस्थलको विकास र प्रवर्द्धनका लागि रु १६ करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मार्फत काम गरिरहेको उहाँको भनाइ छ । “उद्यानमा सङ्घ सरकार, प्रदेश सरकार र गाउँपालिकाले लगानी गरेको छ”, अध्यक्ष विकले भन्नुभयो, “जनयुद्धका सहिद तथा बेपत्ता योद्धाको सम्मानसहित पर्यटकीयस्थलका रूपमा विकास गर्ने लक्ष्यसहित उद्यान निर्माण गरिएको हो ।

सहिद उद्यानमा पदमार्ग, पोखरी र प्रतीक्षालयलगायत संरचना निर्माण गरिएको छ । पूर्वाधार बनाउँदा स्थानीय सिप र प्रविधिको प्रयोग गरिएको छ । पदमार्गमा गाउँकै ‘स्लेट’ ढुङ्गा राखिएको छ । प्रतीक्षालय काठ र ढुङ्गाको बनाइएको छ । लामीडाँडा सामुदायिक वन क्षेत्रको १२ सय ९१ वर्ग मिटरमा उद्यान निर्माण गरिएको हो । ताराखोला जनयुद्धमा जिल्लाकै बढी प्रभावित ठाउँ हो । त्यहाँका दुई जना अझै बेपत्ता छन् ।

उद्यानमा युद्धकालीन समयलाई झल्काउने कलात्मक मूर्ति र नमूना युद्ध सामग्री पनि राखिने जनाइएको छ । कुनैताका युद्धमा हेलिएको गाउँलाई पर्यटनका माध्यमबाट चिनाउन सहिद उद्यानले सघाउने विश्वास लिइएको छ । अर्गलको गयारलाई मात्र नभएर ताराखोलाका अरु कैयन क्षेत्रलाई पनि माओवादी कार्यकर्ता र जनमुक्ति सेनाले आश्रयस्थल बनाएका थिए । कुनैताका जनयुद्धको तालिमस्थल रहेको गयारमा उद्यान उद्घाटनपछि माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले दस वर्षे जनयुद्ध नेपाली उत्पीडित वर्ग तथा समुदायले गरेको महान विद्रोह रहेको बताउनुभयो ।

जनयुद्धकै बलमा मुलुकले युगान्तकारी परिवर्तन हासिल गरेको उहाँको भनाइ छ । “जनयुद्ध दर्शन र विचारमा आधारित थियो, इतिहास, समाज विकासक्रम र संस्कृतिको अध्ययन गरेर तय गरिएको कार्यदिशा थियो”, अध्यक्ष दाहालले भन्नुभयो, “सामन्ती राज्य व्यवस्थाको दासत्व र क्षेत्रीय उत्पीडिनविरूद्धको महान विद्रोह थियो ।” जनयुद्धकै कारण सामन्ती राज्य व्यवस्थाको अन्त्य भई मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको उहाँको भनाइ थियो ।

अध्यक्ष दाहालले एकाथरीले अहिले पनि जनयुद्धलाई नकारात्मक ढङ्गले टिप्पणी गर्ने गरेको उल्लेख गर्दै त्यसलाई इतिहासले खण्डन गरिसकेको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा जनयुद्धका सहिदलाई राष्ट्रिय सहिदका रूपमा सूचीकृत गरिएको उहाँले बताउनुभयो । “सहिद, बेपत्ता र घाइतेहरूको योगदानलाई खेर जान दिने छैनौँ, राज्यबाटै उचित सम्मानको व्यवस्था मिलाइनेछ”, अध्यक्ष प्रचण्डले भन्नुभयो । रासस