२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन



अ+ अ-

काठमाडौं । प्रहरीले गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरूविरुद्धको अनुसन्धान सकाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले करिब दुई महिना लामो अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो ।

अनुसन्धान फाइल आजै दर्ता गर्ने तयारी भएपनि समय अभावले नभ्याइएपछि अब आइतबारमात्रै दर्ता हुनेछ ।

यो घटनामा १ सय ८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको फाइल प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।

प्रतिवेदनमा पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोहको कसुर, आपराधिक उपद्रव, संगठित अपराधलगायतको मुद्दा चलाउनुपर्ने राय उल्लेख छ ।

संगठित अपराधको कसुरमा पक्राउ परेको मितिले ६० दिनभित्र मुद्दा अदालतमा पुगिसक्नु पर्ने हुन्छ । १५ जेठ अघि नै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्ने हुन्छ ।

मुद्दा चलाउनु पर्ने राय दिइएकामध्ये अहिले ५३ जना हिरासतमा छन् । बाँकी केही पक्राउ पर्न बाँकी छन् भने केहीलाई भने हिरासत बाहिरै राखेर अनुसन्धान गरिएको छ ।