९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

रविको बन्दीप्रत्यक्षीकरण : कानुनले राख्न कठिन, छाड्न …

रविको बन्दीप्रत्यक्षीकरण : कानुनले राख्न कठिन, छाड्न …
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

न्यायाधीशहरु नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट निवेदनमाथि गत मंगलबारदेखि सुनुवाई जारी छ । रिटमा सरकारी वकिलको बहस सकिएको छ । आज पीडितका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि जवाफी बहस सुरु हुने छ ।

रविको बन्दीप्रत्यक्षीकरणको मुद्दा ६ पटक पेशी सरेरपछि सुनुवाइ हुन थालेको हो । जबकी यस्तो प्रकृतिको रिटको सकेसम्म चाँडो आदेश दिनुपर्छ । किनकी बन्दीप्रत्यक्षीकरणको मुद्दा अदालतको सधैं प्राथमिकतामा पर्छ ।

तर रविको मुद्दा सामान्य मुद्दा जस्तै लम्बिएको छ । यसले नयाँ बहस सिर्जना भएको छ । किनकी मूल मुद्दा जसरी नै यो रिटको सुनुवाइ लुम्बिएको हो ।

सर्वोच्च अदालतमा नियमित सुनुवाइ भइरहँदा न्यायाधीशका प्रश्न र कानुन व्यवसायीको जवाफसमेत रोचक देखिएका छन् । न्यायाधीशका पेचिला प्रश्नले सरकारी वकिललाई आच्छुआच्छु पारेको छ । न्यायाधीशहरुले रवि लामिछाने र छविलाल जोशीलाई पक्राउ गर्नुपर्ने कारण सोध्दै जिबि राई पक्राउ नपर्नुको कारणसमेत सोधेका छन् ।

त्यति मात्र होइन, जिबी राई नभेटिएकाले रवि र छविलाई पक्राउ गरेर आरोप लगाइएको हो ? भन्ने प्रश्नसमेत न्यायाधीशले गरेका छन् ।

रवि र छविले सहकारीको रकम ल्याउन गरेको काम स्पष्ट नपारिएको भन्दै इजलासले सरकारी वकिललाई प्रश्न गरेको छ । ‘अभियोजन गर्ने निकायले फौजदारी दायित्व गोस्वारामा (सोलोडोलो) एकमुस्ट ल्याउने हो र ? यो व्यक्तिले यो गर्‍यो, यसको आपराधिक दायित्व यो हो भन्ने स्पष्ट हुनुपर्छ होला नि ?’ न्यायाधीशको प्रश्न थियो ।

त्यस्तै, इजलासले उच्चको आदेश कार्यान्वयनको प्रक्रिया जिल्ला अदालतले सुरु नगर्दै रविलाई पक्राउ गरिएको विषयमा पनि प्रश्न उठाएको छ ।

तर, बेन्चका प्रश्नमा सहकारी वकिलले तथ्यपूर्ण आधार र तर्क पेस गर्न सकेका छैनन् । अदालतको आदेशअनुसार थुनामा पठाउनुपरेको, संसदीय छानबिन विशेष समितिको प्रतिवेदनलाई अपराधको सूचनाको आधार मात्र बनाइएको, अनुसन्धान र अभियोजनमा राजनीतिक प्रभाव नरहेको बताएका थिए ।

‘रविको रिटमा भएका बहस सुन्दा, न्यायाधीशले गरेको प्रश्न र सरकारी वकिलले दिएको जवाफ हेर्दा थुनामा राख्नुपर्ने कुनै कारण र आधार देखिँदैन’, एक जना सत्तारुढ दलकै नेताले भने, ‘तर यो मुद्दाको निर्णय गर्नसमेत न्यायाधीशहरुलाई विवादमा पर्ने डर छ किनकी यो विषय राजनीतिसँग पनि जोडिएको छ ।’

राजनीतिसँग जोडिएको विषय भएकाले पनि यो रिटमाथि धेरै दिनसम्म सुनुवाइ नै भएन । अहिले सुरु भएको सुनुवाइ पनि लम्बिएको छ । अब न्यायाधीशले सम्भवत आज सुनाउने आदेशमा के कानुनी आधार देखाउँछन् त्यसको न्यायीक क्षेत्रले नै प्रतिक्षा गरिरहेको छ ।