१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अधिकृतमाथि कालोमोसो छ्यापियो



अ+ अ-

काठमाडौँ । डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत राम विचारी ठाकुरमाथि कालोमोसो छ्यापिएको छ ।

डिभिजन वन अधिकृत ठाकुरमाथि कालो मोसो छर्किँदै गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

घटना बिहीबारै दिउँसो १२ बजेतिरको रहेको बताइएको छ । घटनाको जिम्मा हालसम्म कसैले लिएको छैन ।

सार्वजनिक भिडियो कम्युनिस्ट युवा संगठन नेपालको फेसबुक पेजलगायतबाट बाहिर आएको हो । उक्त समूह धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतसँग आबद्ध छ ।