२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिमा असंसदीय हर्कत !



अ+ अ-

काठमाडौं । संसदीय समितिहरू संसद्का अभिन्न अंग हुन् । संसारका सबै संसदीय प्रणाली अपनाएका देशहरूमा संसदीय समितिहरूको व्यवस्था गरेको पाइन्छ । संसदको अमूल्य समयको बचत गर्न र संसदीय कामकारबाहीमा प्रभावकारिता अभिवृद्धि गर्न समिति प्रणालीको विकास भएको हो ।

संसदले गर्नुपर्ने सबै कामलाई प्रभावकारी एवम् अर्थपूर्ण बनाई राख्न र कार्य विभाजनद्वारा संसदको बोझ कम गर्ने मुख्य उद्देश्यका साथ संसदीय समितिको गठन गरिएको हुन्छ । संसदीय प्रणालीलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन संसदीय समितिको भूमिका ज्यादै अपरिहार्य हुन्छ ।

संसदीय समितिको यति गम्भीर भूमिका भए पनि त्यहाँ कहिलेकाहिँ देखिने गतिविधिले गरिमामय भूमिकालाई नै गिज्याउने गरेको छ । संविधान र कानुन बमोजिम संसदीय समितिहरूले आआफ्ना कार्य सम्पादन गर्नुपर्नेमा केही संसदीय समितिहरुमा राजनीतिक स्वार्थ, आरोप प्रत्यारोप र व्यक्तिगत रिसईबी पोखिने गरेको छ । कतिसम्म भने माइक हानाहान र गालीगलौजमा समेत सांसदहरु उत्रिने गरेका छन् । उनीहरुले संसदीय गरिमाकै उल्लंघन गरिरहेका छन् ।

बुधबार बसेको संसदीय महिला समितिमा माइक र नेमप्लेट नै हानाहान भयो । माओवादी केन्द्रकी सांसद कल्पना मिया कुसारीले समितिका सभापति किरण शाहलाई लक्षित गरी माइक र नेमप्लेट प्रहार गरेकी हुन् । उनले आफूलाई बोल्न रोकेको भन्दै सभापतिमाथि आक्रोस व्यक्त गरिन् । सभापतिमाथि माइक नै प्रहार गरेपछि समितिमा रहेका अन्य सांसदहरु अलमलमा परेका थिए । यो विषयमा सभामुख देवराज घिमिरेले चासो देखाइसकेका छन् ।

त्यसो त सार्वजनिक लेखा समितिको बैठकमा पनि बुधबार सांसदहरुबीच बाझाबाझ भयो । आरोप प्रत्यारोप लामै समय चल्यो । विशेष गरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरु बाझाबाझमा उत्रिएका हुन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा १० अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित संसदीय उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको समितिमा सांसदहरुले संसदीय व्यवहारको उल्लंघन गरेका हुन् ।

एमालेका सांसद योगेश भट्टराई र गोकुल बाँस्कोटासँग माओवादी केन्द्रका अमनलाल मोदीको निकै चर्को भनाभन भयो । त्यसैगरी स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एमालेका सांसदहरुले मात्र बोल्न पाएको भन्दै आपत्ति जनाएपछि फेरि तनावको स्थिति आयो ।
त्यति मात्र होइन, राष्ट्रिय स्वतन्त्र पार्टीका असिम शाह र नेपाली कांग्रेसकी मञ्जु खाणबीच चर्को बाझाबाझ भयो । जबकी पोखरा विमानस्थलमा भएको भनिएको भ्रष्टाचार जस्तो गम्भीर विषयमा छलफल हुनुपर्ने थियो ।

ठूलो आवाज निकालेर बोले मात्र आफ्नो आवाजको सुनुवाइ हुन्छ र चर्चा हुन्छ भन्ने भ्रम सांसदरुमा देखिन्छ । त्यही कारण उनीहरुले संसद्मा होस् या संसदीय समितिमा असंसदीय व्यवहार प्रदर्शन गर्ने गरेका हुन् । तर यो संसदीय मूल्य र मान्यता विपरित हो । त्यति हुँदा पनि सांसदहरुबीच बेलाबेला हुने यस्ता हर्कदले संसदीय मूल्य र मान्यताको उपहास गरिरहेको छ ।

सांसदहरुले कस्ता व्यवहार गर्ने भन्नेबारे संसद नियमावलीले स्पष्ट व्यवस्था गरेको छ । पदाधिकारी र सदस्यको आचरणसम्बन्धी व्यवस्था छ । सभामुख र उपसभामुखले पदीय आचरणअनुकूल काम नगरे प्रस्ताव ल्याउने व्यवस्था छ । तर सांसदहरुले त्यसको पुरै व्यवस्था गर्ने गरेको पाइन्छ ।