• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

देशभरीनै आएको अविरल वर्षाले गराएको भौतिक तथा मानविय क्षतिहरु… हेरौं तस्विरहरु (फोटोफिचर)



वर्षायाम शुरुभएसंगै देशका विभिन्न ठाँउहरुमा बाढि पहिरो लगायतका प्राकृतिक विपतहरु आईपरिरहेको छ । कयौं ठाँउमा मानिसहरुले आफ्नो ज्यानसम्म पनि गुमाएको स्थिती छ । केहि दिनयता आएको भिषण वर्षाका कारण नदि नाला खोलाहरुमा पानीको बहाब ह्वात्तै बढाएको छ ।

वर्षाकै कारण कास्कीमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या पनि ७ जना पुगेको छ भने  ११ जना घाइते अवस्थामा रहेका छन् ।

त्सतै म्याग्दीमा पनि ३ जनाको ज्यान गइसकेको छ भने ३१ जना अझै हराईरहेकको अवस्था छ । यस अविरल वर्षाका कारण धेरै भौतिक तथा मानविय क्षतिहरु भईसकेको छ । 

देशका विभिन्न क्षेत्रहरुमा आएको वर्षाका कारण भएको क्षतिहरुको तस्विरहरु ः

(बिहीबार रातिदेखि लगातार परेको पानीका कारण जलाम्य पोखरा महानगरपालिका– ३३ स्थित चैनपुर पानीट्याङ्की सडक । तस्वीरः वासुदेव पौडेल/रासस)

(अविरल बर्षासँगै नारायणी नदीमा आएको बाढीको दृश्य । तस्वीरः कृष्ण आचार्य /रासस)

(बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाटको सिमानास्थित रघुगङ्गा नदीमाथिको  बाढीले क्षति पु¥याएको  पुल  । तस्बिरः सन्तोष गौतम/रासस)

(लगातारको वर्षातपछि डोटीको दिपायलमा रहेको सेतीनदीमा आएको बाढी । बाढीका कारण नदी आसपासका बस्तीहरु उच्च जोखिममा रहेका छन् । तस्वीरः विमलबहादुर विष्ट/रासस)

(म्याग्दी नदीले कटान गरेपछि भत्किएको बेनी नगरपालिका–७  मङ्गलाघाटस्थित प्रहरी बिट । तस्वीरः सन्तोष गौतम/रासस)

(पोखराको फेवातालमा शुक्रबार बिहान पानी परेका बेला देखिएको दृश्य । अविरल वर्षाले तालमा पानीको सतह बढेकाले बाँधेर राखिएका डुङ्गा डुबेको छ । तस्वीरः राधिका कँडेल/रासस)

(अविरल वर्षासँगै तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेतीमा आएको बाढी । बाढीका कारण शुक्लागण्डकी( ४ र ८ जोड्ने सेती नदीमाथि निर्माण गरिएको पुल जोखिममा परेको छ । तस्वीरः कृष्ण न्यौपाने/रासस)

(बिहीबार रातिदेखि लगातार परेको पानीका कारण पोखरा महानगरपालिका– ३३ मा घर तथा बस्तीमा पानी पसेपछि भेल नियन्त्रणको प्रयास गरिँदै । तस्वीरः वासुदेव पौडेल/रासस)

(लमजुङको क्व्होलासोथर गाउँपालिका– ७ स्थित भोंजे गाउँको गमबहादुर कामीको पिँढी र आगनमा शुक्रबार बिहान गएको पहिरो । यस घरसहित गाउँका ११ घर पहिरोको उच्च जोखिममा रहेको छ । तस्वीरः जनक श्रेष्ठ/रासस)