५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको नजिर : प्रमाण संकलनपछि हिरासतमा राख्न नपाइने



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले मुद्दा चलाउनुअघि चाहिने प्रमाण संकलन गरिसकेका र प्रहरीले खोजेका बेला उपस्थित हुनसक्ने व्यक्तिलाई थुनामा राख्न नपाइने नजिक स्थापना गरेको छ ।

सर्वोच्चले भागेर जान सम्भावना नभएका व्यक्तिलाई अनुसन्धानका नाममा समय लम्ब्याएर थुनामा राख्नु गैरकानुनी भएको ठहर गरेको हो ।

अदालतले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय संयोजक अधिवक्ता सुजित केसीलाई प्रमाण संकलन भइसकेको भन्दै थुनामा राख्न नपर्ने आदेश गरेको छ ।

न्यायाधीशहरू बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले केसीलाई हिरासतमुक्त गर्ने आदेश गरेको हो । उनलाई सामाजिक सञ्जालमा लेखेको भन्दै प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । उनले आफूलाई गैरकानुनी थुनामा राखिएको दाबीसहित बन्दी प्रत्यक्षीकरणको रिट निवेदन वारेसमार्फत जेठ २ गते दर्ता गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रहरीले अनुसन्धानका लागि भन्दै हिरासतमा राखेर मुद्दा चलाउन ढिलाइ गर्दा उनी पनि सर्वोच्चकै बाटोबाट छुटेका छन् । उनी मुद्दा अनुसन्धानका लागि ५० दिन हिरासतमा बसेपछि छुटेका हुन् ।

मिश्रलाई वैशाख १० गते हिरासतमा राख्न अनुमति दिँदा नै उनीबाट संकलन गर्नुपर्ने प्रमाण संकलन भइसकेको अदालतको आदेशमा उल्लेख थियो । उनलाई हाजिर जमानीमा छोड्न आदेश भएको थियो। ‘अधिकांश प्रमाण संकलनको कार्य सकिएकाले थप प्रमाण संकलन गर्न नसकिने र हिरासतमै राख्नुपर्ने नदेखिँदा पछि मुद्दा चल्ने अवस्था आए थप प्रमाण बुझ्नुपर्ने भएमा जिल्ला प्रहरी कार्यालयले खोजेका बखत उपस्थित गराउनेगरी निजका कानुन व्यवसायीको जिम्मा लगाई तत्काल थुनामुक्त गरिदिनू…’ सर्वोच्चले मिश्रको बन्दी प्रत्यक्षीकरण रिटको संक्षिप्त आदेशमा भनेको छ ।

प्रहरीले अनुसन्धानका लागि भनेर लामो समय हिरासतमा राख्ने चलन छ । प्रहरीले कानुनी व्यवस्थाअनुसारै सम्बन्धित अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि थुनामा राख्ने गरेको छ । तर अनुसन्धानमा चाहिने बयान, प्रमाण संकलन गरिसक्दा पनि थुनामा राख्न म्याद थपिरहने गर्दा आरोपितहरू बन्दी प्रत्यक्षीकरणको रिटमार्फत सर्वोच्च पुग्ने गरेका छन् ।