९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

सर्वोच्चको नजिर : प्रमाण संकलनपछि हिरासतमा राख्न नपाइने

सर्वोच्चको नजिर : प्रमाण संकलनपछि हिरासतमा राख्न नपाइने
अ अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले मुद्दा चलाउनुअघि चाहिने प्रमाण संकलन गरिसकेका र प्रहरीले खोजेका बेला उपस्थित हुनसक्ने व्यक्तिलाई थुनामा राख्न नपाइने नजिक स्थापना गरेको छ ।

सर्वोच्चले भागेर जान सम्भावना नभएका व्यक्तिलाई अनुसन्धानका नाममा समय लम्ब्याएर थुनामा राख्नु गैरकानुनी भएको ठहर गरेको हो ।

अदालतले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय संयोजक अधिवक्ता सुजित केसीलाई प्रमाण संकलन भइसकेको भन्दै थुनामा राख्न नपर्ने आदेश गरेको छ ।

न्यायाधीशहरू बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले केसीलाई हिरासतमुक्त गर्ने आदेश गरेको हो । उनलाई सामाजिक सञ्जालमा लेखेको भन्दै प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । उनले आफूलाई गैरकानुनी थुनामा राखिएको दाबीसहित बन्दी प्रत्यक्षीकरणको रिट निवेदन वारेसमार्फत जेठ २ गते दर्ता गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रहरीले अनुसन्धानका लागि भन्दै हिरासतमा राखेर मुद्दा चलाउन ढिलाइ गर्दा उनी पनि सर्वोच्चकै बाटोबाट छुटेका छन् । उनी मुद्दा अनुसन्धानका लागि ५० दिन हिरासतमा बसेपछि छुटेका हुन् ।

मिश्रलाई वैशाख १० गते हिरासतमा राख्न अनुमति दिँदा नै उनीबाट संकलन गर्नुपर्ने प्रमाण संकलन भइसकेको अदालतको आदेशमा उल्लेख थियो । उनलाई हाजिर जमानीमा छोड्न आदेश भएको थियो। ‘अधिकांश प्रमाण संकलनको कार्य सकिएकाले थप प्रमाण संकलन गर्न नसकिने र हिरासतमै राख्नुपर्ने नदेखिँदा पछि मुद्दा चल्ने अवस्था आए थप प्रमाण बुझ्नुपर्ने भएमा जिल्ला प्रहरी कार्यालयले खोजेका बखत उपस्थित गराउनेगरी निजका कानुन व्यवसायीको जिम्मा लगाई तत्काल थुनामुक्त गरिदिनू…’ सर्वोच्चले मिश्रको बन्दी प्रत्यक्षीकरण रिटको संक्षिप्त आदेशमा भनेको छ ।

प्रहरीले अनुसन्धानका लागि भनेर लामो समय हिरासतमा राख्ने चलन छ । प्रहरीले कानुनी व्यवस्थाअनुसारै सम्बन्धित अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि थुनामा राख्ने गरेको छ । तर अनुसन्धानमा चाहिने बयान, प्रमाण संकलन गरिसक्दा पनि थुनामा राख्न म्याद थपिरहने गर्दा आरोपितहरू बन्दी प्रत्यक्षीकरणको रिटमार्फत सर्वोच्च पुग्ने गरेका छन् ।