१५ असार २०८३, सोमबार
,
Latest
नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सञ्चारमाध्यमको दूराशयपूर्ण एवं भ्रामक समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही भारतीय सञ्चारमाध्यमबाट नेपाल र प्रधानमन्त्रीको नाम जोडेर प्रकाशितरप्रसारित कपोलकल्पित, दूराशयपूर्ण एवं भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी पत्रकारिताका न्यूनतम विश्वव्यापी मूल्य मान्यता र अभ्याससँग मेल नखाने दूष्प्रचारयुक्त त्यस्ता सामग्रीले दुई देशबीचको मित्रवत् सम्बन्धमा प्रतिकूल प्रभाव पार्न सक्ने हुँदा सम्बन्धित सबै पक्ष संवेदनशील हुन जरुरी रहेको उल्लेख गरेको छ । 

“आमसञ्चार माध्यमले समाचार प्रकाशन प्रसारण गर्दा सत्य, तथ्य र वस्तुपरक भई पेशागत आचारसंहिताको परिपालनामा स्वयं प्रतिबद्ध हुनुपर्छ भन्ने मन्त्रालयको मान्यता रहेको छ । कुनै पनि सञ्चारमाध्यमले देशको राष्ट्रियता एवं स्वाभिमानमा आँच पुर्याउने सामग्री उत्पादन, प्रकाशन र प्रसारण गर्नुहुँदैन भन्ने व्यवस्था प्रचलित कानून तथा आचारसंहितामा स्पष्ट नै रहेको छ”, विज्ञप्तिमा उल्लेख छ । 

नेपालका मर्यादित संस्था र नेतृत्वलाई लान्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवल सेवाप्रदायकले जिम्मेवारी बोधका साथ स्वतःस्फूर्तरुपमा प्रसारण रोकेकामा मन्त्रालयले धन्यवादसमेत व्यक्त गरेको छ । 

आगामी दिनमा समेत सरोकारवालाबाट प्रचलित कानून तथा आचारसंहिता परिपालना गर्ने गराउने सन्दर्भमा निरन्तर सहयोग प्राप्त हुनेमा मन्त्रालयले विश्वास व्यक्त गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।