२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय

बाढी पहिरो पीडितहरुलाई सरकारले तत्काल उद्धार गर्ने

बाढी पहिरो पीडितहरुलाई सरकारले तत्काल उद्धार गर्ने
अ अ+ अ-

काठमाडौं । मुलकुभर प्राकृतिक प्रकोप बढ्दो ,बाढी पहिरो पीडितहरुलाई तत्काल उद्धार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राखिने । 

बाढी पहिरो पीडितहरुलाई तत्काल उद्धार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँग गरेको छलफलमा तत्काल उद्धार गरी सामुदायिक विद्यालयमा राख्न सकिने विषयमा छलफल गरेको छ । 

कोरोना संक्रमणको जोखिमसँगै मनसुन सुरु भएपछि देशका विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पु¥याएपछि प्राधिकरणले उद्धार र राहतका विषयमा सरोकारवालाहरुसँग गरेको छलफलमा यस्तो बताएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बाढी पहिरोका घटनाहरु बढिरहेको अवस्थामा तत्काल उद्धार, राहत र पुर्नस्थापनाका विषयमा प्राधिकरणले सरोकारवालहरुसँग छलफल भएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो । 

प्राकृतिक विपदबाट पीडितहरुलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनहरुमा पुर्नस्थापना गर्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी दलका नेता शेरबहादुर देउवा लगायत विभिन्न मन्त्रालयका मन्त्रीहरु र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । 

गृहमन्त्रालय अन्तरर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क अनुसार शुक्रबार बाढी र पहिरोबाट ८ जिल्ला प्रभावित भएका छन् । बाढी र पहिरोमा परि २३ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् । घटनामा २६ जना घाइते भएका छन् ।