९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा धेरै आर्थिक अनियमितता भएको छः सांसद केसी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा धेरै आर्थिक अनियमितता भएको छः सांसद केसी
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा धेरै आर्थिक अनियमितता भएको बताउनुभएको छ ।

बुधवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विमानस्थल निर्माणमा सम्पूर्ण रुपमबाट भ्रष्टाचार भएको बताउनु भयो । उहाँले  महंगो ब्याजमा ल्याएको ऋण नेपाली जनताको थाप्लोमा बोकाएर चुपचाप बस्ने परम्परा स्थापित गर्न नहुने बताउनु भयो । उहाँले निर्माणको जिम्मा देशसँग नभइ छिमेकी देशको ठेकेदार कम्पनीसँग सम्झौता भएकाले कोही रिसाउँछ भनेर प्रतिवेदनमा भ्रष्टाचारको कुरा लुकाउन नमिल्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो सम्पूर्ण रुपबाट भ्रष्टाचार भएको छ । यसमा धेरै आर्थिक अनियमितता भएको छ । अर्को कुरा यो एउटा कुनै कम्पनीले गर्यो । मित्र राष्ट्र चीनकोले गर्ला, अमेरिका, भारतकोले गर्ला । उनीहरुको कम्पनीसँग हामीले यत्रो महंगो ब्याजमा ल्याएको ऋण रकम नेपाली जनताको थाप्लोमा बोकाएर अनि हामी चुपचाप बस्ने परम्परा स्थापित भयो भने हाम्रो के हुन्छ । यो चीन र नेपालको डिप्लोमेटिक रिलेशनसँग सम्बन्धित कुरा होइन । एउटा ठेकदार कम्पनीसँग सम्बन्धित कुरा हो ।’

उहाँले ठेकेदार कम्पनीसँगको सम्झौतामा अनियमितता, आर्थिक घोटाला भएकोबारे स्थलगत अध्ययन गरेर दिएको निर्देशनअनुसार नै प्रतिवेदन आएको बताउनु भयो । प्रतिवेदनलाई पूरक मतसहित अख्तियारमा पठाउने काम गर्नुपर्ने बताउनु भयो ।