२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय

काठमाडौं उपत्यकामा साझा यातायातले बस चलाउने

काठमाडौं उपत्यकामा साझा यातायातले बस चलाउने
अ अ+ अ-

काठमाडौं । सरकारको समेत सेयर रहेको साझा यातायातले काठमाडौं उपत्यकामा बस सञ्चालन गर्ने तयारी गरेको छ ।

सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरेपनि साझा यातायातले बस चलाउने भएको साझा यातयातका अध्यक्ष कनकमणि दीक्षितले जानकारी दिए ।

साझा यातायातका अध्यक्ष दीक्षितले शनिबार ट्वीट गर्दै सरकारले तोकेको मापदण्ड पालना गर्दै छोटो दूरीमा बस सञ्चालन गर्ने जानकारी दिएका हुन् । उनले साझा बस सडकमा आउन अब प्रतिक्षा नगर्ने समेत बताएका छन् ।

साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेले सरकारले तोकेको मापदण्ड बनाई बस सञ्चालनको लागि तयारी थालिएको बताउँदै तयारी पुरा भयो भने साउन १ गतेदेखि बस सञ्चालन गर्ने जानकारी दिए । साझाले चार महिनादेखि बन्द रहेका गाडी चलाउनका लागि अहिले मर्मतको काम गरिरहेको छ ।

यातायात व्यवसायी महासंघ र सार्वजनिक यातायात केन्द्रिय महासंघले विभिन्न माग राख्दै सार्वजनिक यातायात सञ्चालन नगर्ने बताएका छन् । व्यवसायीले बैंकको किस्ता, स्वास्थ्य बिमा, स्वस्थ्य सुरक्षा मापदण्ड लगायतका माग सम्बोधन गर्नुपर्ने शर्त अघि सारेका छन् ।