२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा साझा यातायातले बस चलाउने



अ+ अ-

काठमाडौं । सरकारको समेत सेयर रहेको साझा यातायातले काठमाडौं उपत्यकामा बस सञ्चालन गर्ने तयारी गरेको छ ।

सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरेपनि साझा यातायातले बस चलाउने भएको साझा यातयातका अध्यक्ष कनकमणि दीक्षितले जानकारी दिए ।

साझा यातायातका अध्यक्ष दीक्षितले शनिबार ट्वीट गर्दै सरकारले तोकेको मापदण्ड पालना गर्दै छोटो दूरीमा बस सञ्चालन गर्ने जानकारी दिएका हुन् । उनले साझा बस सडकमा आउन अब प्रतिक्षा नगर्ने समेत बताएका छन् ।

साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेले सरकारले तोकेको मापदण्ड बनाई बस सञ्चालनको लागि तयारी थालिएको बताउँदै तयारी पुरा भयो भने साउन १ गतेदेखि बस सञ्चालन गर्ने जानकारी दिए । साझाले चार महिनादेखि बन्द रहेका गाडी चलाउनका लागि अहिले मर्मतको काम गरिरहेको छ ।

यातायात व्यवसायी महासंघ र सार्वजनिक यातायात केन्द्रिय महासंघले विभिन्न माग राख्दै सार्वजनिक यातायात सञ्चालन नगर्ने बताएका छन् । व्यवसायीले बैंकको किस्ता, स्वास्थ्य बिमा, स्वस्थ्य सुरक्षा मापदण्ड लगायतका माग सम्बोधन गर्नुपर्ने शर्त अघि सारेका छन् ।