३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं प्रहरी परिसरबाटै थुनुवा फरार भएपछि…



अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी परिसर भद्रकालीबाटै एक जना थुनुवा फरार भएका छन् ।

बुधबार दिउँसो काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी परिसर लगिएका थुनुवा गेटबाटै फरार भएका हुन् ।

फरार हुनेमा सात दिनअघि पक्राउ परेका दोलखाका २४ वर्षीय निशान परियार रहेका छन् । उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको थियो ।

उनीमाथि जिल्ला अदालतले अनुसन्धान गर्न पाँच दिन अनुमति दिएको थियो ।

उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।