१८ असार २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित विमानस्थलबाट कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला २०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं प्रहरी परिसरबाटै थुनुवा फरार भएपछि…



अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी परिसर भद्रकालीबाटै एक जना थुनुवा फरार भएका छन् ।

बुधबार दिउँसो काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी परिसर लगिएका थुनुवा गेटबाटै फरार भएका हुन् ।

फरार हुनेमा सात दिनअघि पक्राउ परेका दोलखाका २४ वर्षीय निशान परियार रहेका छन् । उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको थियो ।

उनीमाथि जिल्ला अदालतले अनुसन्धान गर्न पाँच दिन अनुमति दिएको थियो ।

उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।