२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय

बुटवलका २ फर्मले ६ कराेड राजस्व ठगे, राजस्व विभागले थाल्याे कारबाही

बुटवलका २ फर्मले ६ कराेड राजस्व ठगे, राजस्व विभागले थाल्याे कारबाही
अ अ+ अ-

काठमाडाैंः राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा बुटवल क्षेत्रका २ वटा फर्मलाइ  छ करोड ६९ लाख विगो कायम गरी उच्च अदालत तुल्सीपुर, बुटवलमा मुद्दा दायर गरिएकाे जनाएकाे छ ।

विभागका अनुसार राजस्व चुहावट गर्ने श्याम ग्लास इण्डष्ट्रिजले राजस्व चुहावट गरेको अभियोगमा छ करोड छ लाख  विगो कायम गरी मुद्दा दायर गरिएको छ । उक्त इण्डष्ट्रिजले सरकारलाई तिर्नु बुझाउनु पर्ने राजस्व नतिर्ने एव कम तिर्ने उद्देश्य राखी उत्पादित सिसा तथा सिसाजन्य मालवस्तुमा अन्तःशुल्क असुल नगरी राजस्‍व चुहावट गरेकाे विभागले जनाएकाे छ ।

 

यस्तै, महाशक्ति गुट्खा उद्योगमाथि राजस्व चुहावट गरेको अभियोगमा ६३ लाख आठ हजार विगो कायम गरी मुद्दा दायर गरिएको छ । उक्त उद्याेगका संचालकहरुले सरकारलाई तिर्नु बुझाउनु पर्ने राजस्व नतिर्ने एव कम तिर्ने उद्देश्य राखी अन्तःशुल्कजन्य पदार्थ उत्पादित तथा विक्री वितरण गरी  अन्तःशुल्क असुल नगरी राजस्‍व चुहावट गरेकाे देखिएकाे छ ।

यसैगरी, मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणालीमा विल विजक प्रविष्टी नगरी कानुनको परिपालना नगरेको अभियोगमा विभिन्न फर्महरुलाई रु.३० लाख ७५ हजार जरिवाना गरिएको  पनि विभागले जनाएकाे छ ।

काठमाण्डौमा कपडा लगायतको आयात तथा थोक विक्रि कारोवार गर्ने विभिन्न १४ वटा फर्मले व्यवसायिक प्रयोजनका मालवस्तु विक्री गर्दा मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणालीमा विवरणप्रविष्टी नगरी मालवस्तु विक्री वितरण गरेको विभागकाे भनाइ छ ।