२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गभर्नर नियुक्तिलाई लिएर सरकार ढल्छ भनि चलाइएको हल्ला गभर्नर नियुक्तिसँगै शान्त भयो’



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले हरेक दिन जसो यो सरकार ढल्छ भन्ने हल्ला फैलाउने काम गरिएको बताउनुभएको छ ।

बुधबार बिहान प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले नेपालका राजनीतिक दल, सञ्चार क्षेत्र र नागरिक समाज मुलुकको विकास, समृद्धि र स्थायित्वको प्रश्नमा गम्भीर नभएको बताउनुभयो । जसले जे उद्देश्यका हल्ला चलायो त्यसैका पछाडि बहकिने क्रम बढ्दै गएको उहाँले बताउनुभयो । ‘अस्थिरतामा रमाउने जुन संस्कृति हुर्किएको छ, त्यो अत्यन्त दुःखद छ’, उहाँले भन्नुभयो ।

जबसम्म दुईवटा पार्टी मिल्छन् तबसम्म सरकार केही हुँदैन भन्ने यथार्थलाई समेत नबुझी सरकार ढल्ने हल्ला चलाइएको उहाँले बताउनुभयो । ‘जबसम्म दुईवटा पार्टी बिच समझदारी हुन्छ, तबसम्म यो सरकार टिकी रहन्छ भन्ने कुरा त निश्चित नै छ त, दुईवटा पार्टीका बिचमा असमझदारी उत्पन्न भयो भने हल्ला गर्नै पर्दैन, दुईवटा पार्टीका बिचमा समझदारी हुँदासम्म सरकार परिवर्तन हुँदैन भन्ने कुरा पनि नबुझीकन सरकार परिवर्तनको हल्ला चलाउने खेतीपाती गर्ने काम भइराखेको छ, त्यसको उद्देश्य नेपाल राष्ट्रलाई कहिल्यै बलियो हुन नदिने स्वार्थी तत्त्वको प्रभावमा नेपाली समाज परिरहेको छ’, उहाँले भन्नुभयो ।

उहाँले जति अस्थिरताका कुरा हुन्छन् त्यति नै सुशासन कमजोर हुने र विकासका कम अवरुद्ध हुने बताउनुभयो । ‘एक प्रकारले भन्ने हो भने राष्ट्र कमजोर हुने गर्दछ, त्यस कारणले यसबाट राष्ट्रलाई जोगाउनु पर्दछ’, उहाँले भन्नुभयो ।

राष्ट्र बैङ्कको गभर्नर नियुक्तिलाई लिएर सरकार ढल्छ भनि चलाइएको हल्ला गभर्नर नियुक्तिसँगै केही दिनको लागि शान्त हुने उहाँले बताउनुभयो । फेरि एक/दुई दिन पछि नयाँ विषय निकालेर सरकार ढल्ने हल्ला चलाइने उहाँले स्पष्ट पार्नुभयो । अस्थिरतामा रमाउने मानसिकताले स्थायित्व हुँदा छटपटी हुने मानसिकता विकास भएको उहाँले बताउनुभयो ।

दुईवटा पार्टी मिलेर सरकार बन्दा कुनै एउटा पार्टीको नीति अनुसार मात्र सरकार नचल्ने उहाँले बताउनुभयो । त्यसैले छलफल गरेर सहमति गर्दै अघि बढ्नु पर्ने र अहिलेको सरकार त्यसै गरी अघि बढेको उहाँले स्पष्ट पार्नुभयो ।

अस्थिरताको फाइदा उठाएर ठुला पार्टी माथि साना पार्टीको राज रोकिएकोले अहिले साना पार्टीहरू एमालेका विरुद्ध प्रहारमा लागेका उहाँले बताउनुभयो । सत्तामा साझेदारी र भागेदारी टुटेपछि माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता साना पार्टीहरू एमाले र एमाले नेतृत्व विरुद्ध संगठित रूपमा आक्रमणमा जुटेका उहाँले स्पष्ट पार्नुभयो । आफ्नै कर्मको परिणाम स्वरूप रास्वपा सभापति हिरासतमा पुगेपछि एमाले विरुद्ध खनिएका उहाँले बताउनुभयो ।

देशको सबैभन्दा बढी देशभक्त पार्टी नेकपा एमाले भएको कारण चुनावमा राप्रपा एमालेसँग सहकार्य गर्न आइपुगेको उहाँले बताउनुभयो । तर अहिले एमाले रहँदासम्म राजसंस्था फर्काउन सकिँदैन भन्ने निष्कर्षमा पुगेको कारण एमाले विरुद्धको आक्रमणमा उत्रिएको उहाँले स्पष्ट पार्नुभयो ।

राष्ट्र निर्माणको सबैभन्दा बलियो र ठुलो शक्ति एमाले भएको बताउँदै पोखरेलले गरेको काम देख्नु पर्ने बताउनुभयो । गरेका काम देख्दा मात्र थप काम गर्ने जागरण र उत्साह बढ्ने बताउनुभयो । केपी ओली नेतृत्वको सरकारले धेरै प्रशंसायोग्य काम गरेको उहाँले सुनाउनुभयो । सकारात्मक कामको सकारात्मक चर्चा परिचर्चा गर्दा विकासको लागि काम गर्नेलाई प्रोत्साहित गर्ने उहाँले बताउनुभयो ।

अहिलेको सरकारले राजनीतिक स्थायित्वको आधार तयार गरेको बताउँदै २०८४ को निर्वाचनसम्म अहिलेको गठबन्धन जाने उहाँले प्रष्ट पार्नुभयो । तर पनि अस्थिरताका हल्ला भने चलाइरहेका र चली रहने उहाँले बताउनुभयो ।

दुईवटा पार्टी मिल्दा पनि मुलुक सही बाटोमा जान सकेन भन्ने कुप्रचार गरिएको बताउँदै उहाँले सरकार सही बाटोमा अघि बढेको दाबी गर्नुभयो । दुई ठुला पार्टी मिलेका कारण कानुन निर्माण र विकासका काम विश्वासका साथ अघि बढेको उहाँले बताउनुभयो । कानु निर्माण, कानुन सुधार, संरचनागत सुधार, सुशासन लगायतका क्षेत्रमा सरकार अघि बढेको पोखरेलले बताउनुभयो ।