२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ पर्यटकीय गन्तव्य दुधेखोलाको कोप्रे झरनामा ‘लभ्ली पार्क’ निर्माण सुरु



अ+ अ-

गलेश्वर, (म्याग्दी) । बेनी नगरपालिका वडा नं २ बगरफाँटमा रहेको कोप्रे झरनामा पर्यटकहरूको सुविधाका लागि ‘पार्क’को निर्माण कार्य सुरु भएको छ । निर्माणाधीन उक्त पार्कलाई ‘लभ्ली पार्क’ नामकरण गरिएको छ ।

सदरमुकाम बेनी बजार नजिकको कोप्रे झरनामा पर्यटकको आगमन बढ्दै गएपछि उनीहरूको सुविधाका लागि पार्क निर्माण गर्न थालिएको हो ।

बेनी नगरपालिकाको रु एक लाख ५० हजार लगानीमा पहिलो चरणमा जमिन सम्म्याउने काम सम्पन्न भएको झरना लभ्ली पार्क निर्माण समितिका अध्यक्ष नारायण कार्कीले बताउनुभयो ।

“सदरमुकाम नजिकै नयाँ पर्यटकीयस्थलका रूपमा विकास भएको कोप्रे झरनामा आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्न बगैँचासहितको आकर्षक पार्क बनाउन लागिएको हो । बस्नका लागि आराम कुर्सीसहित ससाना केटाकेटी, युवायुवती र वृद्धवृद्धाहरूका लागि अनुकूल हुने संरचना निर्माण गर्ने योजना छ”, अध्यक्ष कार्कीले भन्नुभयो ।

“चालु आर्थिक वर्षमा नगरपालिकाले जमिन सम्म्याउनका लागि मात्र बजेट विनियोजन गरेकाले उक्त बजेटको परिधिमा रही काम सुरु गरेका हौँ, आगामी आर्थिक वर्षमा पार्क निर्माण कार्यलाई पूर्णता दिन्छौँ”, कार्कीले भन्नुभयो ।

पर्यटकको आगमन बढेसँगै उनीहरुलाई आराम गर्ने ठाउँको अभाव देखिएपछि कार्कीले आफ्नै निजी लगानीमा सत्तल र चौतारीसमेत निर्माण गर्नुभएको छ ।

कोरोनाकालमा पत्ता लागेको कोप्रे झरनामा त्यसपछिका वर्षहरूमा चहलपहल बढ्दै गएको हो । हाल उक्त स्थानमा दैनिक पचासदेखि दुई सय जना पर्यटक आउने गरेका स्थानीय पुरन घिमिरेले बताउनुभयो । उहाँका अनुसार शनिबार र बिदाका अन्य दिन कर्मचारी, व्यापारीलगायत पनि त्यहाँ रमाउन जाने गरेका छन् ।

शिरानमा घना जङ्गल, पुछारमा नागबेली परेर बगेको म्याग्दी नदी, बीचमा कलकल बग्ने दुधेखोला गाउँको बेनी–बगरफाँट–भकिम्ली सडक नजिक अवस्थित यो झरना नजिक पार्क बनेपछि युवायुवती र बालबालिकामात्र नभइ जोकोहीका निम्ति मनोरञ्जनस्थल बन्ने बेनी नगरपालिका–२ बगरफाँटका युवा सज्जन जिसीले बताउनुभयो ।

खासगरी त्यहाँ भकिम्ली, ज्यामरुककोट, दुधेखोला, बगरफाँट र बेनीबजार आसपासका क्षेत्रबाट मानिस फोटो र भिडियो पुग्ने गरेका छन् । यो स्थान पछिल्लो समय बेनी बजारका बासिन्दाका लागि ‘मर्निङ वाक’ गर्नेको नयाँ गतव्य पनि बनेको छ । कोप्रे झरना पुग्दा आफूलाई आनन्द भएको मङ्गलाघाटका रमेश फगामीले बताउनुभयो ।

हिउँदमा केही सानो देखिने यो झरना वर्षामा भने निकै आकर्षक हुन्छ । कोप्रे झरनालाई त्यहाँ भ्रमण गर्न जाने कतिपय पर्यटकहरुले ‘वर्षे झरना’ पनि भन्छन् । भीरपहराबाट खस्ने झरना देख्दा मन नै फुरुङ्ग हुन्छ । घाम लागेका बेला इन्द्रेणी पर्ने झरनालाई हेँरिरहुँजस्तो लाग्छ । पहाडको टुप्पोबाट जमिनतिर एकनासले खसिरहने झरनाको चिसो पानीमा भिज्न पाउँदा निकै आनन्द आउने पर्यटकसँग अनुभव छ । यो झरना अङ्ग्रेजी अक्षर भी आकारको छ ।

सदरमुकाम बेनीबजारदेखि उत्तरतर्फ म्याग्दी नदी, पूर्व र पश्चिमतर्फको हरियाली फाँट, दक्षिणतर्फ घना जङ्गल रहेको यो ठाउँ प्राकृतिक सौन्दर्यले पनि भरिपूर्ण छ । यसलाई आन्तरिक पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेका बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

कोप्रे झरनाका नजिक पानी उड्ने छहरा, एक सय २६ वर्ष पुरानो ऐतिहासिक घुमाउने चौतारो, बगरफाँटमा तीन रोपनी क्षेत्रफलको विशाल चट्टानमाथि निर्माण गरिएको आकर्षक देवीको मन्दिर, शिवालय, गुफालगायतका धार्मिक तथा पर्यटकीयस्थल पनि छन् । त्यहाँ पुग्ने प्रकृतिप्रेमी पार्क घमेर फर्कन वडाध्यक्ष कार्कीको विश्वास छ । रासस




भर्खरै