१४ भाद्र २०८३, आईतवार
,
Latest
यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिरबाट लडेर ज्यान गुमाएका दुई महिलाको शव परिवारलाई बुझाइयो



अ+ अ-

तनहुँ । यहाँको ऋषिङ गाउँपालिका–३ स्थित टोर्के सामुदायिक वनमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएका दुई महिलाको शव परिवारलायृ बुझाइएको छ ।

सोमबार घाँस काट्ने क्रममा लडेर मृत्यु भएका स्थानीय ६२ वर्षीया श्रीमाया राना र २६ वर्षीया खिमसरा मगरको शव आज परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

वनमा घाँस काट्न गएका दुई महिला अबेरसम्म नफर्किएपछि स्थानीयवासीले खोजी गर्दा श्रीमाया सालको रुखमा र खिमसरा वनमाराको झ्याङमा अड्किएको अवस्थामा मृत फेला गर्नुभएको थियो ।

मृतक दुवै जनाको शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको र भवितव्य ज्यान मुद्दा शीर्षकमा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।  रासस