१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी साधनको ठक्करबाट रतुवा मर्‍यो



अ+ अ-

चितवन। पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ४ लेवाटारमा सवारी साधनले ठक्कर दिँदा एउटा रतुवा मरेको छ ।

सव डिभिजन वन कार्यालय इच्छाकामनाका रेन्जर सागर सुवेदीका अनुसार आज बिहान सडक पार गर्ने क्रममा पहिचान नखुलेको सवारीले ठक्कर दिँदा पोथी रतुवा मरेको हो ।

रतुवाको मुख र गर्धनमा चोट लागेको थियो । स्थानीय जनप्रतिनिधि, प्रहरी चौकी कुरिनटार र स्थानीयको रोहबरमा रतुवालाई खाडलमा पुरी व्यवस्थापन गरिएको रेञ्जर सुवेदीले जानकारी दिनुभयो । स्थानीय सञ्जय खनालका अनुसार लेवाटार क्षेत्र वरपरका जङ्गलबाट वन्यजन्तु सडक पार गरी पानी खान त्रिशूली नदी तर्फ जाने गर्छन् ।

गत आइतबार पनि लेवाटारमै सवारीको ठक्करबाट रुतुवा घाइते भएका थिए । उहाँका अनुसार केही महिनाको अन्तरालमा लेवाटार आसपासमा तीन वटा मृग सवारीको ठक्करबाट मरेका छन् भने दुई वटा घाइते भएका छन् । सडक वन्यजन्तुमैत्री नहुँदा वन्यजन्तुका लागि असुरक्षित बनेको छ ।

सडक स्तरोन्नतिसँगै कल्भर्टमा माटो थुपारेपछि वन्यजन्तुलाई सडक पार गर्न जोखिम भएको खनालले बताउनुभयो । खनालले सडक निर्माण कम्पनीलाई कल्भर्टलाई वन्यजन्तु आवतजावतका लागि सहज बनाउन आग्रह गर्दा सुनुवाइ नभएको बताउनुभयो । रासस