
काठमाडौँ। नेपाल सरकार मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर अघि सुरू भएको छ ।
हिजो प्रधानमन्त्रीको अस्वस्थताका कारण रोकिएको बैठक आज दिउँसो प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएपछि अहिलेका लागि तय भएको हो ।
आज नै अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति बैठक बसेर डा विश्व पौडेल, निलम ढुङ्गाना तिम्सिना र दिनेश भट्टराईको नाम सरकारसमक्ष सिफारिस गरेको छ ।
यसकारण आजकै मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्त गर्र्ने तयारी गरेको बुझिएको छ । बालुवाटार उच्च स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले सिफारिस समितिको पहिलो नम्बरमा रहेका पौडेललाई नै नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त गर्ने तयारी भइरहेको जनाएको छ ।