१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गभर्नर छनोट सिफारिस समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौँ । गभर्नर छनोट सिफारिस समितिको संयोजक तथा अर्थमन्त्री विष्णु पौडेलले समितिको बैठक आह्वान गरेका छन् ।

मंगलबार अपराह्न समितिको बैठक बस्ने गरी बोलाएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

समितिका सदस्यमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र विज्ञ सदस्यबाट पोषराज पाण्डे सदस्य छन् । समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नेछ । जसमध्ये मन्त्रिपरिषद् बैठकबाट एक जनालाई गभर्नर नियुक्ति गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटपछि अर्थमन्त्री पौडेलले बैठक बोलाएका हुन् ।