२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनपीएल: फाइनलमा पुग्न विराटनगरलाई १३५ रनको लक्ष्य प्रतिनिधिसभाका लागि काठमाडौ ८ बाट राजु खरेल सहित ६ सिफारिस सत्ता जोगाउन १० बुँदेको सम्झौताको नाटक मञ्चन गरियोः रविकिरण हमाल चलचित्र विकास बोर्डको अध्यक्ष योग्यताक्रमका आधारमा खुला प्रतिष्पर्धाबाट ल्याउने व्यवस्था गरौँः सञ्चारमन्त्री सोलुमा हिउँले ढाकेका भाग घट्दै भिजिट भिषा प्रकरण: सहसचिव तीर्थराज भट्टराई सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा महाधिवेशनपछि मेरो नेतृत्वमा एमाले राष्ट्रिय पुनर्जागरण अभियानमा अघि बढ्छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएन कविता प्रतियोगिताको पुरस्कार घोषणा



अ+ अ-

काठमाडौँ:  गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिका, नेपाली भाषा, साहित्य समितिले विश्वभर छरिएर रहेका नेपाली भाषी कविहरूबीच आयोजना गरेको ‘के म नेपाली हैन र ?’ भन्ने शीर्षकको कविता प्रतियोगिताको नतिजा घोषणा भएको छ ।

जेठ ४ मा ‘भर्चुअल’ रुपमा सम्पन्न उत्कृष्ट बाह्रौँ स्थानसम्मका कविहरू सम्मिलित कविता वाचन कार्यक्रममा नतिजा घोषणा गरिएको थियो । नतिजाअनुसार हाल अमेरिकाको नर्थ क्यारोलिना अमेरिकामा बस्नुहुने सुबोध पौडेल प्रथम हुनुभएको छ ।

यसैगरी, बाँके खजुराका जीवराज बम दोस्रो, स्याङ्जाका लोकहरि पाण्डेय तेस्रो हुनुभएको आयोजक समितिले जनाएको छ । समितिका अनुसार प्रथम हुनेले ६०० अमेरिकी डलर, द्वितीय हुनेले ४०० डलर र तृतीय हुनेले ३०० डलर प्राप्त गरेका छन् ।

यसैगरी, पोखराका संयोग बस्याल, इलामका (हाल कतारमा रहनुभएका) युगलमणि ढकाल, इलामकै विभूति अधिकारी, नवलपरासी (हालनर्वे) मा रहनुभएका राजेश सापकोटाले प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभएको छ ।

भाषा साहित्य समितिका अध्यक्ष राजेन्द्रप्रसाद अर्यालको सभापतित्वमा सञ्चालित उक्त कवि गोष्ठीमा दश जना कवि उत्तमराज भेटवाल, जीवराज बम, मधुसूदन पराजुली, ईश्वरीप्रसाद रिजाल, विभूति अधिकारी, सुबोध पौडेल, मदन घिमिरे, संयोग बस्याल, लोकहरि पाण्डेय र राजेश सापकोटा सहभागी हुनुभएको थियो ।

कविगोष्ठीका लागि कुल १३८ कविता प्राप्त भएको आयोजक समितिका सदस्य डा अजित घिमिरेले जानकारी दिनुभयो । प्रा जगतप्रसाद उपाध्याय, डा मुकुन्द वाग्ले पथिक र प्रभा भट्टराईले कविता मूल्याङ्कन गर्नुभएको थियो ।

एनआरएनए अमेरिकाका अध्यक्ष डा अर्जुन बन्जाडेले परदेशमा गैरआवासीय नेपालीहरू नेपालकै भलो र हितमा प्रतिबद्ध मात्र छैनन्, नेपालको नक्सा छातीमा टाँसेर हिँडेका छन् भन्नुभयो ।