२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि संसद्को प्रश्नोत्तरमा सहभागी नहुने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा आज हुने भनिएको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।

प्रधानमन्त्री सोमबारबाट अस्वस्थ भएका कारण आजको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने सम्भावना कम रहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

प्रधानमन्त्री ओलीलाई रुघाखोकीको समस्या देखिएको बताइएको छ । सोमबारकाठमाडौँमा भएको एक कार्यक्रममा पनि आफू केही अस्वस्थ रहेको भन्दै प्रधानमन्त्रीले आफ्नो सम्बोधन छोट्याएका थिए ।

आजको प्रतिनिधिसभा बैठकमा बैठकमा प्रधानमन्त्रीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो ।