९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

पत्रकार सुजित केसीलाई तत्काल रिहा गर्न पत्रकार महासंघको माग

पत्रकार सुजित केसीलाई तत्काल रिहा गर्न पत्रकार महासंघको माग
अ अ+ अ-

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार सुजित केसीलाई साइबर अपराधको अभियोगमा प्रहरीले पक्राउ गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै तत्काल रिहा गर्न माग गरेको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै पत्रकार केसीको रिहाइ गर्न माग गरेका हुन् । विद्युतीय कारोबार ऐनविपरित पूर्वप्रधानमन्त्रीका बारेमा प्रश्न उठाउँदै फेसबुक पेजमा लेखेको उजुरीका आधारमा राष्ट्रिय समाचार अनलाइनका सम्पादक/प्रकाशक केसीलाई प्रहरीले पक्राउ गरेको थियो ।

केसी एसोसिएट संस्था नेपाल पत्रकार मञ्चका सदस्य हुन् ।

महासंघले जारी गरेको विज्ञप्तिम भनिएको छ– ‘समाचार, विचार र समाचारमूलक सन्देशहरु पूवाह गर्न पाउने तथा कुनै पनि सार्वजनिक विषयमा विचार अभिव्यक्त गर्नु र टीका टिप्पणी गरिनु पत्रकारको नैसर्गिक हक हो । त्यसले कसैको मर्यादा, चरित्रमा धक्का पुगेमा क्षतिपूर्ति दाबी गर्ने वा प्रेस काउन्सिलमा उजुरी गर्ने सर्वमान्य अभ्यास छ । यससम्बनधी सबै काम कारबाही प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारमा रहेको पनि जानकारी गराइन्छ ।’ यसलाई वेवास्ता गरी अर्कै प्रयोजनका लागि बनेको कानुन प्रयोग गरेर पत्रकारलाई पक्राउ गरिनेलाई महासंघले अत्यन्न निन्दनीय र प्रेस स्वतन्त्रतााथिको हस्तक्षेपका रुपमा लिएको छ ।

केसी राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका संयोजकसमेत हुन् । केसीलाई पक्राउ गरिएकोमा नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेशलेसमेत विज्ञप्ति जारी गरेर आपत्ति जनाएको छ ।

यता प्रहरीको साइबर ब्यूरोले जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कसुर गरेको आरोपमा पक्राउ गरिएको जनाइएको छ । शुक्रबार पक्राउ परेका केसीका सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले आइतबार जिल्ला अदालत काठमाडौंबाट अनुसन्धानका लागि पाँच दिनको समय पाएको छ ।