१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेभिया च्याम्पियन्स लिगबाट एक अंक टाढा



अ+ अ-

म्याड्रिड । सेभियाले आइतबार स्पेनी ला लिगामा रियल मार्लोकालाई १–० ले हराउँदै च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगमा छनोट हुनबाट ऊ एक अंक मात्र टाढा रहेको छ ।

सेभियाको जितमा लुकास ओकम्पोस र युसुफ एन नेसरीले गोल गरे । सेभियाको यो लगातार चौथो जित पनि हो । अन्य खेलमा पुछारतर्फ रहेको लेगानेसले भ्यालेन्सियामाथि आश्‍चर्यजनक १० को जित निकाल्यो ।
यस्तै एथलेटिको बिलबाओले लेभान्टेलाई २–१ र आइबरले इस्पनयोललाई २–० ले पराजित गर्‍यो ।