२४ जेष्ठ २०८३, आईतवार
,
Latest
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटनहमसंग आर्सनलको हार



अ+ अ-

लन्डन । बहुप्रतिक्षित  लन्डन डर्बीमा टोटनहमले आइतबार आर्सनललाई २–१ ले हराएको छ । प्रतिष्ठाको लडाइँ मानिएको खेल जितेपछि त्यसले टोटनहनमका व्यवस्थापक जोसे मोउरिन्होलाई ठूलो राहत दिएको छ ।

यो खेल जितेर टोटनहम आर्सनललाई उछिनेर ५२ अंकसहित आठौं स्थानमा रह्यो भने आर्सनल उसको ठीक पछाडि ५० अंकमा छ । खेलको निर्णायक गोल टोबी एल्डरवाइल्डले ८१औं मिनेटमा गरे ।

यसअघि आर्सनलले एलेक्जान्डर लेकाजेटको गोलले अग्रता लिएयता सन ह्युङ–मिनले बराबरी गोल गरे । आइतबार नै बर्नमाउथले लेस्टर सिटीलाई ४–१ ले हराएर रेलिगेसनबाट बच्ने सम्भावना कायम राख्यो ।

जितका बाबजुद बर्नमाउथ पुछारबाट तेस्रो स्थानमा छ । यस्तै पुछारबाट दोस्रोमा रहेको एस्टन भिल्लाले पनि क्रिस्टल प्यालेसलाई २(० ले पराजित गरेको थियो ।