२३ श्रावण २०८३, शनिबार
,
Latest
देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त मध्यरातमा प्रधानमन्त्रीको स्टाटस ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ,यो पहिलोचोटि होइन’ पाकिस्तानका हिमालमा सुरक्षा सुनिश्चित नभए नेपाली आरोहीलाई रोक्नुपर्छ : आरोही परियार पोखरा सार्वजनिक पुस्तकालय ‘पोखरा घर’मा होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह ‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन माछापालनलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाइनेछः कृषिमन्त्री करिब एक हजार ३१५ किलो गाँजा बरामद १२ वटा सामुदायिक विद्यालयको भौतिक विकास गर्न ६२ करोड २८ लाख रुपियाँ लागतमा खरिद प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईलाई हराउँदै नेपाल विश्वकपको ग्लोबल छनोटमा प्रवेश



अ+ अ-

काठमाडौं । महिला टी-२० विश्वकपको एसिया छनोटमा युएईलाई हराउदै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको छ ।

सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपाल एक खेल अगावै ग्लोबल छनोटमा प्रवेश गरेको हो ।

युएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ५ विकेट गुमाउदै भेट्टायो । नेपालका लागि कप्तान इन्दु बर्माले २८ बलमा अविजित ३० रन बनाइन् । रुविना क्षेत्रीले २३ रन बनाउदा सम्झना खड्काले २१ रन जोडिन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाएको थियो । यूएईका लागि कप्तान इशा ओजाले ३९ रन बनाउदा तीर्था सतिशले २१ र हीना होचन्दानीले २० रन बनाएकी थिईन् ।

बलिङतर्फ नेपालका लागि मनिषा कुमारी उपाध्याय एक्दैले ४ विकेट लिएकी थिईन् । यस्तै कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट लिइन् ।

नेपालले अब सुपर-३ को दोस्रो खेलमा मंगलबार थाइल्याण्डसँग खेल्नेछ । थाइल्याण्डले पनि युएईलाई नै हराउँदै ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ ।