६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव News Polar सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो News Polar त्रिपुरेश्वर बस चालक आत्मदाह प्रकरणले संसद तरंगितः ट्राफिक ज्यादती र युवा निराशामाथि सांसदहरूको आक्रोश News Polar चालक आत्मदाह प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्न यातायात व्यवसायी र श्रमिकको माग News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रतिवेदन मस्यौदा समितिमा पेश News Polar त्रिपुरेश्वरमा चालकको आत्मदाह घटनाः राज्य र यातायात क्षेत्रको ‘पोलिसिङ’ शैलीमाथि संसद्मा प्रश्न News Polar त्रिपुरेश्वरमा चालकको मृत्यु प्रकरणबारे उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग News Polar प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी News Polar कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा . स्वर्णिम वाग्लेलाई News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु) News Polar भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण News Polar धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

नेपथ्य अमेरिका शृंखला २०२५: टेक्सासको अस्टिनबाट हार्दिक सुरुवात

नेपथ्य अमेरिका शृंखला २०२५: टेक्सासको अस्टिनबाट हार्दिक सुरुवात
अ+ अ-

अस्टिन (अमरिका): नेपथ्यले अस्टिन सहरका दर्शकलाई लोकर धुन सुनाउँदै यस वर्षको अमेरिका यात्रा प्रारम्भ गरेको छ । टेक्सासको यो राजधानी सहरस्थित हल इमोज मा शनिबार बेलुकी  बजे नेपथ्य कन्सर्ट सुरु भएको थियो ।

नेपथ्यले भर्खरै सार्वजनिक गरेको गीत कर्नालीका छाइलालाई ब्यान्डले यसै कन्सर्टमा पहिलोपटक गाएर सुनाएको थियो । नयाँ गीत सुनिरहँदा दर्शक उत्साहित देखिन्थे । यो प्रस्तुतिसँगै यो गीत अब युट्युबमार्फत सबैले निःशुल्क सुन्न र हेर्न पाउने घोषणा ब्यान्डले गरेको छ । यसअघि एक सातासम्म नेपथ्यप्रेमीले यो गीत पैसा तिरेर सुन्दै आएका थिए ।

ब्यान्डलाई भरथेग गर्न मन पराउने दर्शकका लागि हामीले पहिलोपटक गरेको सशुल्क हेर्न पाउने व्यवस्था धेरैले रुचाएको पाइयो,’ नेपथ्यका व्यवस्थापक संस्था नेपालयका किरणकृष्ण श्रेष्ठले प्रतिक्रिया दिए, ‘आम दर्शकबाट नेपथ्यप्रति प्रस्तुत यो संरक्षकत्वलाई हामी हार्दिकताका साथ स्वागत गर्छौं । यो गीत सुनेबापत ब्यान्डलाई आर्थिक सहयोग गर्न चाहनेका लागि भने डिजिटल पेमेन्ट को ढोका खुलै राखिएको छ ।

कन्सर्टका लागि स्थानीय समयअनुसार बेलुकी ८ बजे इमोज हलका ढोकाहरू खुलेका थिए भने त्यसको ठीक एक घण्टापछि पर्दामा सा कर्णाली’ र मै मरिजाऊँला’ गीत बज्न सुरु भएको थियो ।

त्यसलगत्तै मञ्चमा उपस्थित ब्यान्डले कोशीको पानी बाट प्रस्तुति सुरु गरेको थियो आठौं क्रममा शिरफूल’ सुनाए लगत्तै ब्यान्डले  कर्नालीका छाइला’ प्रस्तुत गरेको थियो ।

दु घण्टा लामो नेपथ्य कन्सर्टमा सपरिवार उपस्थित हुने दर्शक उल्लेख्य थिए । यस कन्सर्टले मलाई नेपालै पुगेको अनुभव गरायो,’ सान एन्टोनियो सहरबाट डेढ घण्टा लामो मोटर यात्रा गर्दै आइपुगेकी शिशिरा श्रेष्ठ भन्दै थिइन्, ‘मञ्च पछाडिको पर्दामा नेपालका विभिन्न भेगका दृश्य देख्दा झनै रमाइलो महसुस गरेँ ।

अमेरिकाका सातवटा हरमा शृंखलावद्ध कन्सर्ट प्रस्तुत गर्ने योजनासाथ ब्यान्ड यसै साता टेक्सास आइपुगेको हो । अस्टिनमा नेपथ्यको यो पहिलो कन्सर्ट हो । टेक्सासको अर्को सहर डालासमा भने ब्यान्ड यसअघि पनि दुपटक प्रस्तुत भइसकेको छ ।

कन्सर्टमा शनिबार अनु रिमाल साथीहरूको समूहसहित आइपुगेकी थिइन् । दर्शकलाई पसमा जोड्ने यो एकदमै गजबको अवसर पनि बन्यो,’ सान एन्टोनियोकै नेपाली एसोसिएसनकी अध्यक्षसमेत रहेकी अनुले भनिन्, ‘यति रमाइलो पहिले कहिल्यै लागेको थिएन ।

दर्शकदीर्घामा नेपाली चलचित्र निर्देशक नारायण पुरी पनि थिए । नेपथ्यको कार्यक्रम राम्रो हुन्छ भन्ने मला पहिलेदेखि नै थाहा थियो,’ उनले भने, ‘स कार्यक्रमले हामी सबैलाई आफ्नो जरासँग लगेर जोडेको अनुभव भने सबैभन्दा विशेष लाग्यो ।

नेपथ्यले एक महिना लामो यात्राको कार्यसूची सहित सातौँपटक अमेरिकाको यात्रा गरिरहेको छ । यात्राको प्रारम्भदेखि नै मुख्य गायक एवं अगुवा अमृत गुरुङले सामाजिक सञ्जाल एक्स र फेसबुकमार्फत ब्यान्डको य यात्राबारे प्रशंसकलाई अवगत गराउँदै आका छन् ।

कार्यक्रमभरि पटकपटक नेपाली पहिचानको पक्षमा विचार राखेका अमृतले स्वदेश घुम्न पनि ह्वान गरे । आफूले पैदलै गाउँस्ती घुम्दा कतिपय गीत संकलन गर्ने अवसर पाएको जानकारी पनि उनले दिए । त्यसरी संकलित गीत कन्सर्टमा सुन्न पाउँदा नेपाली दर्शक रमाएका थिए ।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामाबेस गितारमा सुविन शाक्यगितारमा नीरज गुरुङमादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

नेपथ्यको यस वर्षको अमेरिका यात्राको पहिलो शो शनिबार उत्साहजनक बन्यो,’ आयोजक मोमो इन्टरटेनमेन्टका विपिन थकालीले भने, ‘यसपछिका शोहरू झनै भव्य हुने विश्वास छ ।

अमेरिका यात्राको दोस्रो प्रस्तुतिका लागि ब्यान्ड दक्षिणवर्ती राज्य टेक्सासबाट क्यानाडासँग सिमाना जोडिएको उत्तरी वासिङटन राज्य पुग्दै छ । उक्त राज्यको सबै भन्दा ठुलो सहर सियाटलमा मे २३ मा नेपथ्य प्रस्तुत हुने तयारी छ । त्यो दिन त्यहाँको ‘मुर थिएटर मा बेलुकी ठीक ७ बजे हलका ढोकाहरू खुला गरिनेछन् ।

त्यसपछि ब्यान्ड मे २६ मा क्यालिफोर्नियाको लस एन्जलस३१ मा पेन्सिलभेनियाको पिट्सर्गजुन ७ मा इलिनोइसको सिकागो११ मा म्यासाचुसेट्सको बोस्टन हुँदै अन्तिममा जुन १४ मा नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहरमा प्रस्तुत हुनेछ ।

अमेरिकाका सबै कन्सर्टमा दर्शकले अनलाइनबाट सोझै टिकट काट्न सक्ने प्रन्ध मिलाइएको छ । त्यसका लागि ब्यान्डको आधिकारिक वेबसाइट www.nepathya.com.np  मार्फत सिट सुरक्षित गर्न सकिनेछ ।