२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड



अ+ अ-

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क शहरमा नेपाल डे परेड सम्पन्न भएको छ । न्यूयोर्कको व्यस्त शहर म्यानहाटन आईतबार दिनभर पञ्चेबाजा, भजन र नेपाली राष्ट्रीय गीतले गुञ्जायमान बन्यो ।

पञ्चे बाजा, भजन, देउडा, सोरठी, मैथिली, शेर्पा र तामांग सेलोले गुञ्जिएको परेडमा विभिन्न संघसंस्थाका व्यानरसहित नेपाली र नेपाली अमेरिकनहरुको उपस्थिति रहेको थियो ।

गैरआवासीय नेपाली संघ, अमेरिका न्यूयोर्क च्याप्टरको मूल आयोजना र स्थानीय नेपाली संघसंस्थाको सहकार्य र समन्वयमा नेपाल डे परेड सम्पन्न भएको हो । नेपालको गणतन्त्र दिवसको सेरोफेरो पारेर सन् २०१६ देखि नेपाल डे परेड गर्न थालिएको हो । न्यूयोर्क शहरका मेयर एरिक एडम्स र सिनेटर चक सुमरले उद्घाटन गरेको परेडमा स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

नेपालको विविध कला, संस्कृति र परम्परा झल्किने गरी गरिएको सांगितिक प्रस्तुतिले म्यानहाटन शहरलाई नेपालमय बनाएको थियो । नेपाली पोशाक, झण्डा र व्यानरसहित नाचगान र बाजा बजाउँदै शहर परिक्रमा गरी आयोजना गरिएको सभामा न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकटबाट उपस्थित भएका नेपालीहरुले देश प्रेम झल्किने गरी आफ्नो एकता र राष्ट्रीय भाव प्रकट गरेका थिए ।

नेपाली एवं नेपाली मूलका अमेरिकीहरुको बाक्लो उपस्थिति रहेको परेडमा नेपालको पर्यटकीय गन्तव्यसहित, सगरमाथा, लुम्बिनी, जनकपुर एवं पशुपतिनाथको व्यानर प्रदर्शन गरिएको थियो । स्थानीय एवं पर्यटकहरुले निकै चासो साथ नियालेको परेडमा हरेक कोणबाट जीवनको अनुभव बटुल्न नेपाल भ्रमण गर्नु पर्ने सन्देश पनि दिइएको थियो ।

छिरिङ शेर्पाको अध्यक्षतामा सम्पन्न भएको परेडमा मनिता गुरुङले कन्भेनरको भूमिका निर्वाह गर्नुभएको थियो । परेडका लागि नेपाली महावाणिज्य दुतावास न्यूयोर्कले सहकार्य गरेको थियो । त्यस्तै पत्रकार, मोडल एवं म्यूजिक भिडियो डाईरेक्टर विक्कि पुलामी र डाजिमा शेर्पाको सञ्चालनमा सम्पन्न भएको परेडमा स्थानीय कलाकारहरुले प्रस्तुति दिएका थिए ।