११ श्रावण २०८३, सोमबार
,
Latest
व्यावसायिक योजना बिना बनेका विमानस्थलमा करोडौँ लगानी, चार विमानस्थल वर्षौँदेखि बन्द काठमाडौंमा ‘बंगलादेश म्याङ्गो डेलिकेसी’ : आँपको स्वादसँगै व्यापार र कूटनीतिक सम्बन्ध प्रवर्द्धन झुण्डिएका तार व्यवस्थापनबारे सञ्चार र ऊर्जा मन्त्री संयुक्त अनुगमनमा जाने नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन तीन ठाँउमा उपकरण आँपको उत्पादन बढ्यो, घटेन मूल्य देवानगञ्ज घटनापछि सुनसरीमा सर्वदलीय बैठक जारी, कप्तानगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा पोखरामा अमेरिकी नागरिकको मृत्यु कप्तानगञ्जमा कर्फ्यु उल्लंघनपछि सेना परिचालन हिमालयन रि-इन्स्योरेन्सको प्रिमियम सेयरविरुद्धको रिट खारेज, प्रिमियम रकम जगेडा कोषमा राख्न सर्वोच्चको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नृत्य निर्देशकसहित दुई जनालाई सम्मान



अ+ अ-

नेपालगञ्ज। चलचित्र पत्रकार सङ्घ नेपाल बाँकेले मोफसलमा रहेका नृत्य निर्देशकसहित दुई जनालाई आज सम्मान गरेको छ ।

चलचित्र पत्रकार सङ्घको २६औँ वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसका अवसरमा आयोजित कार्यक्रममा नृत्य निर्देशक नवराज सुवेदी र पत्रकार सावित्री गिरीलाई सम्मान गरिएको हो । दुवैजनालाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको हो । मोफसलमा रहेर सुवेदीले दर्जनौँ म्युजिक भिडियो र लघुचलचित्र निर्देशन गर्नुभएको छ ।

चलचित्र विधामा कलम चलाउन प्रोत्साहन गर्नेगरी पत्रकार गिरीलाई सम्मान गरिएको चलचित्र पत्रकार सङ्घ नेपाल बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले जानकारी दिनुभयो । सो अवसरमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले कलाकार, पत्रकार, सिनेमा हल र दर्शक एकअर्काका परिपूरक भएका उल्लेख गर्दै चलचित्र पत्रकार सङ्घले सबै निकायबीच समन्वय बढाउन भूमिका खेलिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, बरिष्ठ पत्रकार निरज गौतम, सङ्गीतकर्मी तथा चलचित्र पत्रकार सङ्घ नेपाल बाँकेका सल्लाहकार सुन्दर गुरुङ र सङ्घका अध्यक्ष रामचन्द्र पौडेलले आ–आफ्नो धारणा राख्नुभएको थियो ।  रासस