२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नृत्य निर्देशकसहित दुई जनालाई सम्मान



अ+ अ-

नेपालगञ्ज। चलचित्र पत्रकार सङ्घ नेपाल बाँकेले मोफसलमा रहेका नृत्य निर्देशकसहित दुई जनालाई आज सम्मान गरेको छ ।

चलचित्र पत्रकार सङ्घको २६औँ वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसका अवसरमा आयोजित कार्यक्रममा नृत्य निर्देशक नवराज सुवेदी र पत्रकार सावित्री गिरीलाई सम्मान गरिएको हो । दुवैजनालाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको हो । मोफसलमा रहेर सुवेदीले दर्जनौँ म्युजिक भिडियो र लघुचलचित्र निर्देशन गर्नुभएको छ ।

चलचित्र विधामा कलम चलाउन प्रोत्साहन गर्नेगरी पत्रकार गिरीलाई सम्मान गरिएको चलचित्र पत्रकार सङ्घ नेपाल बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले जानकारी दिनुभयो । सो अवसरमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले कलाकार, पत्रकार, सिनेमा हल र दर्शक एकअर्काका परिपूरक भएका उल्लेख गर्दै चलचित्र पत्रकार सङ्घले सबै निकायबीच समन्वय बढाउन भूमिका खेलिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, बरिष्ठ पत्रकार निरज गौतम, सङ्गीतकर्मी तथा चलचित्र पत्रकार सङ्घ नेपाल बाँकेका सल्लाहकार सुन्दर गुरुङ र सङ्घका अध्यक्ष रामचन्द्र पौडेलले आ–आफ्नो धारणा राख्नुभएको थियो ।  रासस