४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो देखियो हिमाली कला सम्मेलन- फोटो फिचर



अ+ अ-

सोलुखुम्बु — नेपालमा पहिलो पटक आयोजना गरिएको हिमाली कला सम्मेलनले सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका, सल्लेरीलाई कला, संस्कृति र सौन्दर्यको केन्द्रबिन्दुमा पुर्याएको छ। सम्मेलनमा देशभरका १७ जना भन्दा बढी कलाकारहरूले आफ्नो सिर्जनशीलता प्रस्तुत गरेका थिए।

हिमाली कलाको जगेर्ना गर्ने उद्देश्यले थेक्छेन पेमा छोलिङ गुम्बाको आयोजनामा ७ दिनसम्म चलेको यस कार्यक्रममा करिब १ हजार भन्दा बढी दर्शकले कलाकृतिहरूको अवलोकन गरेका थिए।

सम्मेलनमा चित्रकला, मूर्तिकला, फोटोग्राफीलगायतका विभिन्न विधामा कलाकारहरूले हिमाली क्षेत्रका सौन्दर्य, भौगोलिक विशिष्टता र सांस्कृतिक सम्पदालाई आफ्नो सिर्जनामा उतारेका थिए।

कलाकारहरूले हिमाल, भोटे जीवनशैली र धार्मिक परम्परालाई कलामा उतारेका थिए । यसैगरी हिमाली जनजीवन र प्राकृतिक दृश्यका तस्बिरहरू प्र्दशन गरिएको थियो । साथै स्थानीय कलाकारहरूको प्रस्तुती मार्फत हिमाली भेषभूषा र नृत्य सहितको सास्कृतिक कार्यक्रम गरिएको थियो । ७ दिनसम्म चलेको कार्यक्रममा हजारौँ दर्शकको उपस्थिति रहेको थियो ।

आयोजकका अनुसार, सम्मेलनले हिमाली कला, संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। आयोजकले आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिने योजना रहेको बताएका छन्।