२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित

साहित्यमा योगदान पुर्याउने श्रष्टाहरु सम्मानित

साहित्यमा योगदान पुर्याउने श्रष्टाहरु सम्मानित
अ अ+ अ-

काठमाडौं । सरकारले नेपाली साहित्यमा योगदान पुर्याउने श्रष्टाहरुलाई विभन्न राष्ट्रिय पुरस्कारबाट सम्मानित गरेको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको पुरस्कार समर्पण समारोहमा मन्त्री योगेश भट्टराईले श्रष्टा तथा व्यक्तित्वहरुलाई पुरस्कार समर्पण गराई सम्मान गर्नुभएको हो । सरकारले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७६, पुष्पलाल राष्ट्रिय पुरस्कार २०७६, महाकवि देवकोटा राष्ट्रिय पुरस्कार २०७६, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७६, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७६ बाट विभिन्न श्रष्टा तथा व्यक्तित्वहरुलाई सम्मान गरेको हो । समारोहमा मन्त्री भट्टराईले विभिन्न श्रष्टाहरुको योगदानलाई कदर गर्दै स्थापना भएको पुरस्कार विभिन्न श्रष्टा तथा व्यक्तित्वहरुलाई प्रदान गरिएको बताउनुभयो । उहाँले ऋषिमुनीहरुले स्थापित गरेको सहित्य, देशको प्राकृतिक सुन्दरता, भगवान वुद्धले दिएका आदर्श सिद्धान्त लगायत विभिन्न महान व्यक्तित्वहरुले छाडेर गएका आदर्श सिद्धान्तहरुका कारण नेपाल साहित्य सृजनाको भण्डार भएको बताउनुभयो । उहाँले सबै जातजाति, संस्कृति, रितिरिवाज, भाषा साहित्यलाई एकैठाउँमा राख्ने गरी काठमाडौंको कीर्तिपूरमा राष्ट्रिय संग्राहलय बनाउने समेत बताउनुभयो । त्यस्तै नेपालको एकीकरण गर्नुहुने पृथ्वी नारायण शाह देखि नेपालको विभिन्न लोकतान्त्रिक अन्दोलनमा महत्वपूर्ण भूमिका खेल्ने नेताहरु, साहित्यकार, श्रष्टा, राष्ट्रिय व्यक्तित्वहरुको स्मारक स्थल निर्माण गर्न लागिएको समेत बताउनुभयो ।

राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७६ अन्तर्गत संस्कृति विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार बुद्धिनारायण श्रेष्ठ, प्रादेशिक प्रतिभा पुरस्कार अन्तर्गत प्रदेश १ बाट भोजपुरका चन्द्रकुमार राई, प्रदेश २ बाट धनुसाका डा. रामसागर पण्डित, बागमती प्रदेशबाट ललितपुरका डा. गौतमबीर बज्राचार्य, गण्डकी प्रदेशबाट स्याङ्जाका प्रा. ज्ञानबहादुर कार्की, प्रदेश ५ बाट कपिलवस्तुका विक्रममणि त्रिपाठी, कर्णाली प्रदेशबाट जुम्लाका वासुदेव उपाध्याय, सुदूरपश्चिमबाट धनगढीका सुरतबहादुर शाह सम्मानित हुनुभएको छ ।

भाषा साहित्य विधातर्फ प्रा. डा. दयाराम श्रेष्ठले राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गर्नुभएको छ । प्रादेशिक प्रतिभा पुरस्कार अन्तर्गत प्रदेश १ बाट खोटाङका सुरेश हचेकाली, प्रदेश २ बाट बाराका नवराज रिजाल, बागमती प्रदेशबाट काभ्रेपलाञ्चोकका गोपी मैनाली, गण्डकी प्रदेशबाट कास्कीका तर्कना शर्मा, प्रदेश ५ बाट दाङका श्रीधर पौडेल, कर्णाली प्रदेशबाट जुम्लाका डा. ओम प्रकाश आचार्य, र सुदूरपश्चिम प्रदेशबाट कैलालीका मिहीलाल उपाध्याय सम्मानित हुनुभएको छ ।

ललितकला विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार काठमाडौंका श्यामलाल श्रेष्ठले प्राप्त गर्नुभएको छ । प्रादेशिक प्रतिभा पुरस्कार प्रदेश १ बाट सुनसरीका जीवननाथ पोखरेल, प्रदेश २ बाट धनुषाका सरिता देबी मण्डल, बागमती प्रदेशबाट ललितपुरका चन्द्रश्याम डंगोल, गण्डकी प्रदेशबाट स्याङ्जाका महेश आचार्य, प्रदेश ५ बाट गुल्मीका सुमित्रा राना, कर्णाली प्रदेशबाट कालीकोटका भिमबहादुर सिंह र सुदूरपश्चिम प्रदेशबाट डोटीका रविन्द्र बहादुर चन्द सम्मानीत हुनुभएको छ ।

संगीत तथा नाट्य विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार सिराहाका सत्य नारायण चौधरीले प्राप्त गर्नुभएको छ । प्रादेशिक प्रतिभा पुरस्कार अन्तर्गत प्रदेश १ बाट ताप्लेजुङका भरत गुरुङ, प्रदेश २ बाट महोत्तरीका हिरा कुमारी दर्लामी, बागमती प्रदेशबाट रामेछापका केशर कालीकोटे, गढडकी प्रदेशबाट तनहुँका मनकुमार श्रेष्ठ, प्रदेश ५ बाट पालपाका लक्ष्मी न्यौपाने, कर्णाली प्रदेशबाट कालिकोटका कृपाराम शर्मा धमाला र सुदूरपश्चिम प्रदेशबाट बैतडीका मनोहर राम दमाई सम्मानित हुनुभएको छ ।

यस्तै महाकवि देवकोटा पुरस्कार २०७६ बाट कविता विधा अन्तर्गत तह्रथुमका मोहन सिटौला, निबन्ध विधा तर्फ दाङका प्रा. केशव सुवेदी, गद्यख्यान÷नाटक तर्फ काठमाडौंका पद्मावती सिंह, बाल साहित्य÷लोक साहित्य तर्फ दैलेखका डा. मधुसुदन गिरी र भाषा साहित्य तर्फ भक्तपुरका भैरव रिसाल सम्मानित हुनुभएको छ ।

गोपाल प्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७६ बाट नाटक विधा तर्फ तेह्रथुमका अभि सुवेदी र कविता विधा तर्फ धादिङका प्रा. घनश्याम उपाध्याय कँडेल सम्मानित हुनुभएको छ ।

पुष्पलाल राष्ट्रिय पुरस्कार २०७६ तर्फ राजनीतिक र सैद्धान्तिक विधामा ललितपुरका स्नेहलता गुरुवाचार्य वन श्रेष्ठ, इतिहास विधा तर्फ कपिलवस्तुका डा. माधवराज पन्थी सम्मानित हुनुभएको छ भने साहित्य, संस्कृति र विज्ञान तर्फ काठमाडौंको राष्ट्रिय आविस्कार केन्द्रलाई सम्मानित गरिएको छ ।

भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७६ का तर्फ समाज सुधार अभियान विधामा जाजरकोटका नवराज वि.क (मरणेपरान्त), मानव अधिकार तर्फ तनहुँका त्रिभुवन चन्द्र वाग्ले र सीप कला, शिक्षा, साहित्य, लेखन तथा अनुसन्धान तर्फ बाँकेका तिलक परियार सम्मानित हुनुभएको छ ।