३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका कारण तराईको क्षेत्र डुवानमा पर्यो : गृहमन्त्री थापा



अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भारतको हस्तक्षेपका कारण नेपाल डुबानमा पर्ने गरेको बताउनुभएको छ । 

भारतको हस्तक्षेपका कारण वर्षौदेखि नेपालले क्षति व्यहोर्दै आएको र त्यसलाई रोक्न नसक्दा नेपाल डुबानमा पर्ने गरेको उहाँले बताउनुभयो । प्रतिनिधसिभाको राज्यव्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री थापाले भारतले सीमा क्षेत्रमा बनाएको बाँधरुपी सडकले नेपालको तराई क्षेत्रमा डुबान पर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘वर्षौदेखि क्षतिहरु हामीले व्यहोरेका छौँ । यो बाह्य हस्तक्षेपको कारणले गर्दा हो । बाह्य हस्तक्षेप रोक्न नसक्दा पनि हामीलाई डुबायो । भारतले समानान्तर रुपमा बाँध बनाउँदा, बाँधरुपी बाटो बनाउँदा पनि हरेक वर्ष तराईमा डुबान हुने गरेको छ । यो एक ढंगले भारतीय पक्षले नेपालमा गरेको हस्तक्षेप नै हो । हामीले राजनीतिक रुपमा भन्दा त्यो हस्तक्षेप नै हो ।’’

गृहमन्त्री थापाले भारत सरकारसँग पटक पटक भएका सन्धी सम्झौताहरु कार्यान्वयनमा नआउँदा समस्या आउने गरेको बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला समेत सहमति बनेको र अध्ययन समिति समेत गठन भएपनि त्यो कार्यान्वयनको चरणमा जान नसकेको उहाँले बताउनुभयो । नेपाल हुँदै भारततर्फ जाने नदिलाई भारतले निकास नदिँदा समस्या भएको उल्लेख गर्दै गृहमन्त्री थापाले भारतले आफ्नो रक्षाका लागि बाँध बनाएपनि नेपालको राष्ट्रिय हितमा धक्का लागेको बताउनुभयो । भारतले नेपालसँग गरेको सन्धी, सम्झौताहरु कार्यान्वयन गरी यसको निकास दिनुपर्ने पनि मन्त्री थापाले बताउनुभयो ।