९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

राजावादीहरु आन्दोलनको तयारीमा जुट्दै, प्रबुद्ध वर्गसँगै अन्तर्क्रिया गर्दै

राजावादीहरु आन्दोलनको तयारीमा जुट्दै, प्रबुद्ध वर्गसँगै अन्तर्क्रिया गर्दै
अ अ+ अ-

काठमाडौं । नवराज सुवेदी नेतृत्वमा रहेको राजावादीहरुको संयुक्त जनआन्दोलन समितिले यही जेठ १५ गतेदेखि गर्ने राजधानी केन्द्रित आन्दोलनको तयारी तिब्र पार्दै लगेको छ ।

आन्दोलनमा बढीभन्दा बढी जनसहभागिताका लागि उपत्यका जनजागरण अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।

राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको समितिको बैठकले काठमाडौं, ललितपुर र भक्तपुर केन्द्रित ५ दिने जनजागरण अभियान शुरु गर्ने निर्णय गरेको हो ।

काठमाडौंको साँखुबाट शुरु हुने अभियान काठमाडौंको काँठ क्षेत्र हुँदै ललितपुरबाट भक्तपुरको चाँगुनारायण पुगेर समापन गरिने भएको छ । ‘कार्यक्रम तय गर्न एक कार्यदल बनाइएको थियो, कार्यदलले विस्तृत कार्यक्रम बैठकमा पेश गरेको छ’ स्रोतले भन्यो ।

कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन गर्न शनिबार एक भेला समेत आयोजना गरिएको छ । संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीको अध्यक्षतामा बसेको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर विष्ट, नेपाली कांग्रेस (बिपी), राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ अभियान, शिव सेना नेपाल, नेपालका लागि नेपाली, राष्ट्रिय सरोकार मञ्च, विश्व हिन्दु महासंघ लगायतका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

यसैगरी जनआन्दोलनको आवश्यकता, औचित्य र महत्वको बारेमा यही जेठ ६ गते विभिन्न क्षेत्रका प्रबुद्धवर्गसँग अन्तक्र्रिया कार्यक्रम तय गरी तयारी भइरहेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । ‘शीर्ष नेताहरुको उपस्थितिमा अन्तक्र्रिया हुन्छ’ उनले भने ।