५ भाद्र २०८३, शुक्रबार
,
Latest
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चबाट बदर कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय आफैँले बनाउन थाले खोलामा पुल



अ+ अ-

तुलसीपुर, (दाङ) । दाङ–रोल्पा सडकखण्डअन्तर्गत विजौरी–होलेरी सडकखण्डको बीचमा पर्ने ग्वारखोलामा पुल छैन । पुल नहुँदा बर्खामा आवतजावत नै ठप्प हुन्छ । रोल्पाको रुन्टीगढी गाउँपालिकाको व्यापारिक थलो भनेकै दाङको विजौरी हो ।

त्यतिमात्र होइन्, बिरामी पर्दा, उच्च शिक्षाका लागि विद्यार्थी पनि त्यही बाटो आउनु पर्छ । तर, ग्वारखोलामा मोटरेबल पुल नहुँदा वर्षामा आवतजावतमा निकै समस्या पर्ने गर्छ भने बर्सेनि मानिस पनि बगाउने गर्छ । ग्वारखोलामा पुल निर्माणका लागि मात्र चालु वर्षमा रु एक करोड ३० लाख बजेट परेको थियो । तर, त्यो बजेटअनुसार पनि काम हुन सकेन । त्यहाँको बजेट अन्तै गयो ।

“अहिले बजेट आएको थियो, काम त सुरु होला भन्ने थियो”, स्थानीय प्रशान्त पुनले भन्नुभयो, “त्यो बजेट पनि अन्तै गयो भन्ने सुनिन्छ ।”

विसं २०७० मा उक्त सडकको ट्रयाक खोलिएको भए पनि १२ वर्षसम्ममा पनि पुल नबनेपछि स्थानीय आफँैले अहिले पुल निर्माण थालेका छन् । स्थानीय सबैले श्रमदान गरेर मोटरसाइकल हिँड्ने गरी पुल निर्माण सुरु गरिएको उहाँले बताउनुभयो ।

“वर्षा आउँदैछ, हिँड्नलाई पुल छैन, आएको बजेटले पनि काम हुँदैन”, पुनले भन्नुभयो, “वर्षामा दु:ख बिरामी पर्दा अस्पतालसम्म लिने त हुनुपर्यो, त्यही भएर स्थानीयले आफैँ श्रमदान गरेर पुल निर्माण गर्न थालेका हौँ ।”

सिमेन्ट र सरिया सहयोग मागेर पुलको श्रमदान आफैँ गर्न लागेको स्थानीय लालबहादुर पुनले बताउनुभयो । “हामीसँग अहिले पैसा छैन, आर्थिक सहयोग सङ्कलन गरेर काम अगाडि बढाइरहेका छौँ”, उहाँले भन्नुभयो, “सबैले सहयोग गरे काम सम्भव पनि छ ।” स्थानीयले श्रमदान गरे पनि मिस्त्रीलाई भने ज्याला दिएरै ल्याउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

सरकारले बाटो बनाए पनि पुल नबनाउँदा यसरी सास्ती खेप्नुपरेको उहाँको गुनासो छ । पुल नबन्दा छ महिना उक्त सडक सञ्चालन हुने र छ महिना ठप्प हुने अवस्था आएको पुनले बताउनुभयो । रुकुमको चुनवाङसम्म जोड्ने उक्त सडकको स्तरवृद्धिका लागि पटकपटक सम्बन्धित निकायमा गएको भए पनि सुनुवाइ नभएको दाङस्थित विजौरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष रेश्मीराज खड्काले बताउनुभयो । यदि सोही खोलामा सडक बनेमा त्यहाँ उत्पादन भएको तरकारी पनि सहजै विजौरी बजारमा लैजान सकिने बताउनुभयो । उक्त सडक विस्तार भएमा व्यापरिक हिसाबले पनि फाइदा पुग्ने उहाँको भनाइ छ । सोही सडकमा पुल निर्माणका लागि पहललाई निरन्तरता दिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

विजौरीबाट होलरीसम्म २९ किलोमिटर छ । त्यसमध्ये होलेरी क्षेत्रमा पाँच किलोमिटर र विजौरी क्षेत्रमा नौ किलोमिटर सडक कालोपत्रसमेत भइसकेको छ भने बाँकी १५ किलोमिटर सडक स्तरवृद्धि हुन नसक्दा आवतजावतमा निकै समस्या हुने गरेको रुन्टीगढी गाउँपालिका–८ का वडाध्यक्ष तुलसी पुनमगरले बताउनुभयो । “बीचमा बाटो स्तरवृद्धि छैन, ग्वारखोलामा पनि पुल छैन”, उहाँले भन्नुभयो, “त्यसले गर्दा आवतजावतमा निकै कठिनाइ हुने गरेको छ ।” रासस