३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउन आवश्यक छ:  प्रदेश प्रमुख भट्ट



अ+ अ-

गण्डकी। गण्डकी प्रदेश प्रमुुख डिल्लीराज भट्टले सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा जुनियर रेक्रस सर्कल, छोरेपाटन माविको व्यवस्थापनमा भएको कास्की जिल्लास्तरीय संरक्षक गोष्ठीको आज यहाँ उद्घाटन गर्दै उहाँले सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउँदा सकारात्मक परिवर्तन आउने बताउनुभयो ।

बाल्यावस्थाबाटै सेवाको भावना विकसित गर्दै सकारात्मक सोच फैलाउन जरुरी रहेको उल्लेख गर्दै प्रदेश प्रमुुख भट्टले भन्नुभयो, “कलिलो उमेरबाटै अरुको सेवा गर्नुपर्ने भावना विकसित गर्न सकेमा ती बालबालिका भविष्यमा नैतिकवान्, कर्मठ, इमान्दार र दक्ष नागरिक बन्नेछन् ।”

नैतिक शिक्षाले असल मार्गमा अघि बढ्न प्रेरणा दिने उल्लेख गर्दै उहाँले परिवर्तनका लागि सकारात्मक सोच अत्यन्त जरुरी रहेको आवश्यकता औंल्याउनुुभयो । स्वयंसेवी कार्यकर्ता, युवाहरूको सक्रिय संलग्नता र सामुदायिक सहभागितामार्फत रेडक्रसले आफूलाई अग्रपंक्तिमा उभ्याएको भन्दै प्रदेश प्रमुुख भट्टले प्रशंसा गर्नुभयो । रासस